Breaking

एमालेको चियापानः ओलीकहाँ पुग्दा झाँक्री मख्ख, देउवा र प्रचण्ड मुसुमुसु, ओली र खनालको मन माझामाझ


दसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसर पारेर एमालेले चियापान कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री,सत्तारुढ दलका शिर्षस्थ नेता,उच्च पदस्थ कर्मचारी र लब्ध प्रतिष्ठितको भेटघाटको अवसर बनेको समारोहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई समेत वोलाएको थियो ।

जसलाई नयाँ संकेत रुपमा हेरिदा उनी बाहेक अन्य नेताहरुमात्रै कार्यक्रम पुग्दा कस्तो देखियो त चियापानको दृश्य ? परम्पराकै रुपमा एमालेले गर्दै आएको चियापान कार्यक्रम यो पाला पनि सम्पन्न गरेको छ भने विभिन्न कोणबाट चर्चा गरिएको यो समारोह नेताहरुको जमघटको अवसर समेत बनेको छ । एकीकृत समाजवादीलाई पार्टी नै नमान्ने एमालेले पहिलो पटक चियापानका लागि माधवकुमार नेपाललाई निम्ता गरेको थियो । सुवास नेम्बाङलाई समवेदना दिने समयबाटै झलनाथ खनाल च्यासल पुग्न थालेपनि माधवकुमार नेपाल एमालेको कार्यक्रममा सहभागी हुन गएका थिएनन् ।

तर पार्टीको अध्यक्षको हैसियतमा नभई पुर्वप्रधानमन्त्रीको हैसिषयमा पत्र आएपछि माधव नेपाल कार्यक्रम छल्न रौतहट पुगेका छन । तर एमालेमै पार्टी मिसाउन आटेका आरोप खेपेका खनाल भने यहि हैसियतमा समारोहमा बढो उत्साहपूर्ण रुपमा सहभागी बने । अथितिहरूको स्वागतमा बसेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादर थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायतपदाधिकारीबाट नमस्कार ग्रहण गर्दै अघि बढेका झलनाथले ओलीसँग ‘ह्यान्डसेक’ गरे ।

ओलीले आफ्नो दाहिनेतिर राखिएको कुर्सीमा बस्न आग्रह गरे । झलनाथ बसे र ओलीसँग गफिन थाले । गफिँदा–गफिँदै बढो आत्मिय देखिएका उनीहरुको यो दृश्य मेलामा विछडिएका दुईभाईहरुका पुर्नमिलनको दृश्य झै देखिन्थ्यो । त्यस्तैमुस्कुराँउदै पुगेकि रामकुमारी झाँक्रीले त ओलीलाई पुष्पगुच्छा दिईन भने अष्टलक्ष्मी शाक्यसँग त अंगालोमा बाँधिएकी थिइन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी बने । हुन त देउवालाई फकाउन नसकेका ओली अहिले प्रचण्ड तिरै नजिकिन थालेको चर्चा समेत छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई गलत ब्रिफिङ गरेको भन्दै ओलीप्रति रुस्ट बनेका प्रचण्डले चियापान समारोहमा छोटो वार्तालाप नै गर्न भ्याए । यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधवार विहान मात्रै पनि छलफल भएको थियो ।

वैठकअनुसार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगो लगाउने तयारीमा छलफल केन्द्रित भएको नेताहरुले बताँउदा चियापानमा देखिएका उनीहरुको हँसिलो मुहार संकेतपूर्ण देखिन्थ्यो । समारोहमा पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरे अनुसार साढे २ पछि मुस्कुराउँदै पुगेका देउवाले पनि ओलीसंग हाँत मिलाँउदै अभिवादन गर्न भ्याए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत कार्यक्रममा देखिदाँमन्त्री, सांसद, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुख, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीसमेत समारोहमा देखिए । तर स्वागतमा देखिएका ओली माधव नेपाल अनुपस्थिती भएको तथा राष्ट्रसंघका महासचिवबारे दिएको अभिव्यक्ति वारे प्रचण्डको असुन्तुष्टिका विषयमा पत्रकारले सोधेको प्रश्नले भने उनलाई पिरोले जस्तो देखिन्थो ।

यसपालि निम्तालुहरूलाई केरा, लड्डु, निम्की र कटलेटको व्यवस्था थियो भने एउटा बोताको एक सय रुपैयाँ पर्ने यो मेनु कार्यकर्ता र सर्वसाधारणका लागि मात्रै व्यवस्था गरिएको थियो । जहाँ विशिष्टहरुका लागि भने छुटटै परिकारको व्यवस्था थियो । चियापानको दृश्यले शिर्ष नेतृत्वविच कुनै रिस वा आक्रोश नभएको तथा उनीहरु एक ठाँउमा रहेको झै संकेत गर्दा ओली –नेपालको तिक्तताको हदसमेत प्रष्ट पार्दिएको छ ।