Breaking

समानुपातिकबाट सांसद बनाउँदा संविधानको ठाडो उल्लंघन गरियोः सभापति लामिछाने


काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधानको मर्म विपरित धनाढ्य व्यक्तिहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको बताउनुभएको हो ।

उहाँले महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवारका सदस्यहरु नियुक्त भइरहेका बताउनु भयो । उहाँले सबै समूहबाट वर्षौंदेखि राजनीतिमा स्थापित भइसकेको शक्तिशाली व्यक्तिहरु नै समानुपातिकबाट सांसद हुने गरेका भन्दै यसले संविधानको ठाडो उल्लंघन भएको बताउनु भयो । उहाँले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै त्यसका निम्ति आफूहरु सांसदको रुपमा भुमिका खेल्न तयार रहेको बताउनु भयो ।