Breaking

काठमाडौंका संस्कृति–सम्पदालाई विश्वमा चिनाउने एकमात्र माध्यम चलचित्र क्षेत्र हो: उपप्रमुख डंगोल


काठमाडौँ– महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पु¥याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताउनुभएको छ । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेसँगै बुधवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले युनेस्कोले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गर्नुले झनै चुनौति थपिएको बताउनु भयो । उहाँले काठमाडौं आफैँमा क्रिएटिभ शहर भएको बताउनु भयो । उहाँले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौं रचनात्मक शहर भएको बताउनु भयो । उपप्रमुख डंगोलले काठमाडौंको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरु विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गर्नुभयो ।