Breaking

भारतबाट बढेर आयो पेट्रोल र ग्यासको मूल्य, नेपालमा यथावत


काठमाडौँ – भारतीय आयल कर्पोरेशनबाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि नेपाली बजारमा भने यथावत राखिएको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोलमा १.५१ र एलपी ग्यासमा ९३.६० ले वृद्धि भएर आएको थियो। यद्यपि उपभोक्ताको हितलाई मध्यनजर गर्दै अहिलेलाई यथावत राख्ने निर्णय भएको हो।

नयाँ खरिद मूल्य अनुसार डिजेलमा ३ रुपैयाँ ६३ पैसा घटेको छ।

आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेदेखि लागु हुने गरी भारतबाट आएको नयाँ मूल्यसूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।