विदेश

हमास नसकी युद्ध नरोक्ने नेतान्याहूको जवाफ, इजरायल सक्ने हमासको कसम


काठमाडौँ — इजरायलले गाजापट्टीको प्रमुख अस्पताल अल अक्सा परिसरको शिविरमा १४ जनाको ज्यान जानेगरी आक्रमण गरेको छ । गत अक्टोबर ७ बाट सुरु भएको द्वन्द्व थप आक्रामक बन्दै गएको छ । द्धन्दका कारण अहिलेसम्म ९ हजारभन्दा धेरैले ज्यान गुमाईकेका छन् । गाजा क्षेत्रमा इजरायलले गरिरहेको बमबारुद्धले हावा नै दुर्गन्धित बनिरहेको छ । बम पड्केर उठेको मुस्लोले आकाशको रङ कालो बनाएको छ । हजारौँ निर्दोष जनताको रगतका टाटाले जमिन रातै बनेको छ । आक्राम करुपमा चलिरहेको रुस–युक्रेन युद्धलाई समेत ओझेल पार्ने गरी मध्यपूर्वमा इजरायल र प्यालेस्टाइनी लडाकु हमास एकअर्कालाई सिध्याउने संघर्षमा होमिएका छन् ।

गत अक्टोबर ७ मा एकाबिहानै हमासतिरबाट एकाएक हानिएको रकेट, आकाश, जमिनबाट फुत्तफुत्त निस्केका लडाकु इजरायलका लागि अकल्पनीय, अप्रत्याशित र अभूतपूर्व थियो । संसारकै उत्कृष्ट मानिने इजरायली गुप्तचर मोसादलाई समेत चक्मा दिँदै हमासले इजरायललाई अहिलेसम्मकै ठूलो क्षति गराइदियो । जबकी ५ हजार रकेट हमासले इजरायलमाथि प्रहार ग¥यो ।

यति मात्रै होइन इजरायलको भूमिकामा छिरेर हमासले इजरायली नागरिकलाई अपहरण गरी गाजाक्षेत्रमा पु¥याएको छ । दिन प्रतिदिन खराब मोडमा द्वन्द्व चलिरहेको यी दुई देश पछिल्लो पटक गाजापट्टीको प्रमुख अस्पताल परिसरमा आक्रमण गरिरहेका छन् । पछिल्लो आक्रमणले थप १४ जनाले ज्यान गुमाएका छन् । गाजापट्टीको नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाइ आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।

युद्ध शुरु भएपछि गाजा पट्टीको उत्तरबाट भागेर शिविरमा शरण लिइ बसेकाहरुमाथि हवाइ हमला गर्दा दर्जनौ घाइते भएका छन् । मारिनेमा अधिकांश बालबालिका रहेका छन् । यसअघि सोमवार इजरायलले गाजाको अल अक्सा अस्पताल खाली गर्न उर्दी जारी गरेको थियो । इजरायलमा ७ अक्टोबरमा प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गरेसँगै सुरु भएको बमबारीले गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले बमबारी सुरु गरेदेखि गाजामा कम्तिमा ८,३०६ जना मारिएका छन् । जसमध्ये ३ हजार ४५७ बालबालिका परेका छन् । मृत्यु हुनेमा २ हजार १३६ महिला र ४८० वृद्धवृद्धा पनि परेकाको जारी विज्ञप्तिमा भनिएको छ । यता हमासविरुद्ध युद्धबिराम गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अस्वीकार गरेका छन् । युद्धविराम गर्नु आतंकवादको अगाडि आत्मसमर्पण गर्नु सरह भएको उनले बताएका छन् । अहिले इजरायलले हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी छ । हमास प्यालेस्टाइनको इस्लामिक उग्रवादी समूह हो ।

यो गाजा क्षेत्रबाट सञ्चालित छ । सन् २००७ मा गाजामा नियन्त्रणपछि हमासका विद्रोहीले इजरायललाई बर्बाद गर्ने कसम खाएका छन् । त्यो बेलादेखि अहिलेसम्म यो उग्रवादी गुटले इजरायलमाथि धेरैपल्ट आक्रमण गरिसकेको छ । जब अक्टुबोर ७ मा हमासले इजरायलमाथि हजारौँ रकेट दाग्नुका साथै अन्य घातक आक्रमण ग¥यो । जवाफमा इजरायलले पनि हमासविरुद्ध सैन्य कारबाही अहिले गरिरहेको छ । आक्रामकरुपमा प्रस्तुत हुँदै गएको यी दुई देशको युद्ध कहाँ गएर अन्त्य हुने हो अहिले नै भन्न सकिने कुनै संकेत छैन ।