Breaking

प्रधानाध्यापकको फिल्मी शैलीमा हत्या, खुल्यो नयाँ रहस्य, त्रिपक्षीय प्रेम हत्याकाण्डमा परिणत


काठमाडौँ — सोमबार बाराको कलैयामा फिल्मी शैलीमा प्रधानाध्यापकमाथी गोली प्रहार भयो । गोली लागी सख्त घाइते भएका उनको उपचारका क्रममा निधन भयो । विवाहेत्तर सम्बन्धका कारण उनको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ छ । यसअघि समेत पटक पटक आक्रमणमा परेका उनी प्रहरीलाई उजुरी नगर्दा मृत्यु टार्न सकेन्न । एक रिपोर्ट
बारा कलैयामा दिनदहाडै त्यो पनि व्यस्त मुख्य बजार क्षेत्रमा विद्यालयका प्रधानध्यापक रुपेश स्वर्णकार सर्राफमाथी भएको गोली प्रहार र हत्याको तथ्यहरु सार्वजनिक हुँदै गर्दा धेरैलाई चकित बनाएको छ ।

सर्राफको हत्याको आरोपमा पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेको भनिएकी २१ वर्षीय युवती र पाँच जना भारतीय नागरिक सहित १० जना प्रहरीको फन्दा परिसकेको छ । प्रहरीको नियन्त्रणमा आएकाहरुसँग सत्यतथ्य बकाउन प्रहरी प्रयासरत छन । दर्जर्नौ व्यक्तिलाई अनुसन्धानको दायारामा ल्याइएको छ । छाती र पाखुरामा दुई–दुईवटा गोली लागेर उपचारका क्रममा मृत्यू भएका सर्राफमाथी यसअघि पनि पटक पटक आक्रमण भएको तथ्य सार्वजनिक भएको छ ।

उनीमाथी यसअघि पनि गोली हान्ने प्रयास भएको तर उनी बच्न सफल भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । महिलासँगको विवाहेत्तर सम्बन्धमा रहेका सरार्फको त्रिकोणात्मक प्रेम सम्बन्धकै कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रेमी भनिने महिलाकै दोहोरो भूमिकाका कारण यो घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोमबार मध्येदिनमा त्यो पनि प्रहरी कार्यलयबाट करिब पाँच मिनेटको दुरीमा दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले फिल्मी शैलीमा सर्राफमाथी भएको गोलीवारी र पहिले पाखुरामा गोली हानेपछि ढलेका उनलाई मोटरसाइकलबाट ओर्लिएर छातीमा गोली प्रहार गरेको थियो । फिल्मीशैलीमा घटाइएको यो घटनाले समाज सरकार र सिंगो सरोकारवालामाथी प्रश्न उठेको जानकारहरुको बुझाई छ ।

बारा कलैयाको यो घटनाको प्रकृतिले धेरैलाई झस्काई दिएको छ । यो खालको जघन्य सामाजिक अपराधले समाजमा थप त्रासिद्धि उत्पन्न नहुने कुरै भएन । समाजमा घट्ने यस्ता घटनाहरु सिधै हत्या जस्तो जघन्य अपराधमा परिणत हुनु आफैमा चिन्ताको विषय हो । पछिल्लो समय मधेशमा यस्ता खालका जघन्य अपराध निरन्तर बढ्दो छ । यो पछिल्लो घटना हो ।

मधेशमा यस्ता घटनाहरु बढ्नु मसिना विवादमा समेत हत्या जस्तो जघन्य अपराधमा परिणत हुनु हात–हतियारको सहज उपलब्धता र विकृति मानसिक उपजले यस्ता घटनाहरु बढ्दै गएको कतिपयको विश्लेषण छ । साना–ठुला विवादमा नै हत्या जस्तो जघन्य अपराध त्यो पनि फिल्मीशैलीमा हुने शृङ्खलाले सामाजिक सुरक्षामासमेत प्रश्न उठाएको छ । आम नागरिक असुरक्षित महसुस गर्न थालेका छन् । समाज कता जाँदैछ भन्ने विषय गम्भीर देखिन्छ ।