Breaking

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै


काठमाडौँ– नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधनगर्दै हुनुहुन्छ । महासचिव गुटरेसले अपराह्न ४ बजे बस्ने संसदको संयुक्त बैठकमा सम्बोधन गर्नुहुनेछ । गुटरेसले सम्बोधन गर्ने कार्यसूची रहेकाले सबै सांसदहरूलाई अनिवार्य उपस्थितहुनभनिएको छ। संयुक्त बैठकमा उपस्थित हुँदा सांसदहरूलाई औपचारिक पोसाक लगाउन भनिएको छ। महासचिव गुटरेसको सम्बोधनपछि संसदले धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ । यस अघि तत्कालीन महासचिव वान कि मुनले पनि संसदमा सम्बोधन गर्नुभएको थियो ।