विदेश

इजरायलको निशाना गाजाको अस्पतालमाथि, घाईते निकालेर ठाउँ खाली गर्न उर्दी


काठमाडौँ — इजरायल–प्यालेस्टाइनबीचको युद्ध आज २३ औं दिन पनि जारी छ । पछिल्लो समय निकै आक्रमक देखिएको इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न उर्दी जारी गरेको छ । गाजास्थित प्यालेष्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार सयौं घाइतेहरुको उपचार भइरहेको उक्त अस्पताल खाली गर्न इजरायलले उर्दी जारी गरेको हो । यसै पनि रूस–युक्रेन युद्धका कारण खलबलिएको विश्व शान्ति र अर्थव्यवस्था इजरायल–प्यालेस्टाइनबीचको तनावले झनै खलबलिने स्थितिमा पुगेको छ ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आफ्नो चट्याङ आक्रमण गरेपछि तनाव बढेको दुई देशको युद्ध झनै खतरामा परिणत हुँदै गएको छ । आफ्नो १४ सय नागरिको ज्यानजाने गरि हमासले आक्रमण गरेपछि इजरायलले पनि गाजा क्षेत्रमा ब्यापक तवरले आक्रमण गरिरहेको छ जस्मा अहिलेसम्म ८ हजार ५ जनाको मृत्यु भएको छ । यस्मा सबै भन्दा धेरै मृत्यु हुने बालबालि छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक वर्ष विश्वभर द्वन्द्वमा मारिएका कुलभन्दा बढी मृत्यु गाजामा पछिल्लो तीन हप्तामा मृत्यु भएको बाताएका छन् ।

युद्ध रोक्न जताततैबाट दबाको ओइरो आएरहँदा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजामा जारी युद्ध दोस्रो चरणका प्रवेश गरेको बताएका छन् । एक नेतान्याहुले इजरायली कमाण्डरहरू गाजा पट्टीमा पूर्णरुपले तैनाथ गरिएको पुष्टि गरेका छन् । इजरायलले हमास लडाकु विरुद्धको भूमिगत युद्ध लामो र कठिन हुने अनुमान समेत गरेका छन् । इजरायली सेनाले गाजा शहरमा पर्चाहरू खसाल्दै यो क्षेत्र अब युद्धको मैदान भएकोले सर्वसाधारण जनतालाई दक्षिणतिर जान उर्दी जारी गरेको छ ।

अहिले गाजा क्षेत्रमा सञ्चार सम्पर्क पूणृरुपले विच्छेद गरिएको छ । यता विधंस तवरले प्रस्तु भईरहेको इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न उर्दी समेत जारी गरेको छ । गाजास्थित प्यालेष्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार सयौं घाइतेहरुको उपचार भइरहेको उक्त अस्पताल खाली गर्न इजरायलले उर्दी जारी गरेको हो । हमास र इजरायलबीचको आक्रमणमा घाइते भएकाहरुले भरिएको अस्पताल तत्काल खाली गर्न असम्भव भएको जनाइएको छ ।

अस्पतालमा अधिकांश बालबालिका रहेकाले उनीहरुलाई अन्यत्र सार्न असम्भव भएको र अस्पताल वरिपरि १४ हजार नागरिकले खुला चौरमा आश्रय लिइरहेको भन्दै रेड क्रिसेन्सले इजरायलको उर्दीप्रति चिन्ता व्यक्त गरेको छ । हाल उक्त अस्पताल वरिपरि इजरायलले हवाइ आक्रमण जारी राखेको छ ।