Breaking

नेपालको पहिलो शानदार जित, टिममा बढ्यो हौसला, विश्वकम छनोट हुनेमा आशावादी


काठमाडौँ — टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको थियो । नेपाली क्रिकेट यतिबेला निकै उत्कृष्ट लयमा छ । निकै उतारचढावको सामना गरिरहेको नेपाली क्रिकेट पछिल्लो समयको निकै नै लोभ लाग्दो प्रदर्शनले एक दिन नेपालले विश्वकपमा राष्ट्रिय झण्डा फहराउँछन् भन्ने कुरा नकार्न सकिन्न ।

त्यसो त नेपालले राम्रो प्रदर्हन गर्ने क्रममा टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले १ सय ४६ रनको लक्ष्य १६.३ ओभरमै पूरा गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । सिंगापुरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेलले ७४ रनको शानदार अर्धशतकीय इनिङ्स खेले । उनले ४८ बलमा ८ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा सिंगापुरमाथि सानदार जित हात पारेपछि ओपनर कुशल भुर्तेलले पहिलो खेलमै राम्रो नतिजा आएकाले खुसी लागेको बताएका छन् । नेपालको समूहमा सिंगापुरसँगै मलेसिया र ओमान छन् । उनले सबै खेल फाइनल जसरी नै खेल्ने बताए ।

अर्का ओपनर आसिफ शेखले २७ रन बनाएका थिए । कप्तान रोहित पौडेलले २४ बलमा ३५ रनको बिस्फोटक ब्याटिङ प्रर्दशन गरे । क्रिजमा आएको पहिलो बलमै छक्का प्रहार गर्दै कुशल मल्लले खेल समाप्त गरेका थिए । सिंगापुरका अनन्त कृष्ण र अक्षय पुरीले समान एक एक विकेट लिए । यसअघि, कीर्तिपुरको त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । रोहन रंगराजनले ४६ रन बनाउँदै सिंगापुरलाई राम्रो सुरुआत दिलाएका थिए । तल्लो क्रममा आएका आर्याविर चौधरीले ३७ रन बनाए ।

मनप्रीत सिंहले समेत २४ रनको इनिङ्स खेले । अन्यले भने दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका लागि अविनाश बोहोराले ३ तथा करन केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए । यता नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अन्तर्गत सिंगापुर विरुद्धको खेल गुमाएका छन् । ऐरीको अभ्यासका क्रममा खुट्टामा समस्या देखिएको थियो ।

खेल अगाडी अभ्यास गर्नेक्रममा उनको खुट्टा मर्किएको कारण अन्तिम समयमा उनलाई टोलीबाट बाहिर राखिएको थियो । ऐरी नेपालका लागि महत्वपूर्ण खेलाडी हुन् । यता अलराउण्डर गुल्सन झाले नेपाली टिम टी–२० विश्वकप क्रिकेटमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् । हाम्रो लागि सन् २०१४ पछि अहिले राम्रो मौका छ,’ उनले भने, ‘हामी विश्वकप छनोट हुनेमा शतविश्वास र आशावादी छौं । टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटमा सिंगापुरलाई हराएपछि उनले सन् २०१४ पछि नेपाललाई विश्वकपमा छनोट हुने अहिलो राम्रो मौका रहेको बताए ।

खेलाडीले यसो भन्दै गर्दा एका तिर क्रिकेट पूर्वाधारको हिसाबमा नेपाल धेरै नै कमजोर छ । खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशले खेलकुदमा गरेको लगानीको मापन हुन्छ । विश्वका हरेक देशले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रूपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रको अनावश्यक राजनीतिका कारण भविष्य अन्योल हुँदा खेलाडीले पलायनको बाटो रोजिरहेको छ । राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन सकेको छैन । यसले वर्तमान पुस्तालाई असर त गरेको छदैछ खेलकुद क्षेत्रको भविष्य धराप बन्दै गएको छ ।