Breaking

रिगल फेरी तनावमा, सडकमै ढलिन् भारती, सर्वोच्चमा मुद्दा, पैंसाको चलखेलको आशंका


काठमाडौँ– नेपालगञ्जकी भारती मानन्धरले पुनः रिले अनसन शुरु गरेकिछिन् । श्रीमान चेतन मानन्धरको हत्याको अभियोगमा जेल जीवन कटाई रहेका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिबाट आममाफी दिएपछि प्रतिवादमा उत्रिँदै संघर्ष गरिरहेकी उनी दशै लगत्तै पुन रिले अनसनमा बसेकिहुन् । कार्तिक १४ गते अदालतले फैसला सुनाउने कार्यतालिकाबीच उनको अनसनसँगै यो विषय थप पेचिलो बनेको छ ।

भारती मानन्धर पुन माइतीघर मण्डलामा पुगेकिछिन् । दशै लगत्तै १० गतेदेखि नै भारती माइतीघर मण्डलाको यो क्षेत्रमा न्यायका लागि अनसनमा छिन् । काठमाडौमा विहान बेलुका बढ्दै गएको चिसोका बीच भारती माइतीघरको सडकमा छिन् । आफ्ना पूर्व पति चेतन मानन्धरको हत्या अभियोगमा आठ वर्षदेखि जेल जिवन विताई रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा गत असोज ३ गते सरकारले कैद मिनाहा गरेपछि भारती न्यायका लागि भन्दै सडक संघर्षमा उत्रिएकिछिन् । सरकारको सिफारिसमा राष्ट्रपति राम चन्द्र पौडेलले रिगललाई छोड्ने लिष्टमा रातो मसी लगाएका थिए ।

तीनै तहका अदालतले दोषि ठहर गरेका व्यक्तिलाई राष्ट्रपतिले आममाफी दिएको भन्दै तिब्र रुपमा आलोचना भएको छ । सरकारले रिगलको १२ वर्षको सजाय छुट दिएपछि रन्थनिएकी भारती निरन्तर हार गुहारमा छिन । हत्याराको अबिर जात्रामाथी प्रश्न उठाउँदै शितल निवासको विरोधमा उत्रिएकी उनी अहिले सर्वोच्चसँग न्यायको याचना गरिरहेकी छिन । यस अघिको आमरन अनसनले सर्वोच्च अदालत परिसरमै ढल्नदेखि अस्पतालको वेडसम्म पुगिसेककी भारती अझै गलेकी छैन्न । जुनसुकै हालतमा आफुले न्याय पाउनु पर्ने भन्दै पुन अनसन सुरु गरेको उनको भनाई छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलाई आममाफी दिएपछि चौतर्फी विरोध जारी छ । यता रिगल रिहाईको प्रतिवादमा उत्रिएका भारतीमाथी पनि अनेक प्रश्न उठाउनेको कमी छैन । भारती उपर जेलमै पैसाको बार्गेनिङ गर्न आएको आरोप छ । उक्त आरोपको खण्डन गर्दै भारतीले अहिले पैसामा घटना साम्य गर्न रिगलले दुत पठाउने गरेको दाबी गरेकिछिन् । रिगल रिहाईको मुद्धा हेर्न नमिल्नेमा राखिएको छ भने सर्वोच्चले भारतीको मुद्धाको पेशी कार्तिक १४ गतेका लागि तोकेको छ । देशकै ध्यान खिचेको रिगल रिहाई र आममाफि भारतीले सुरु गरेको अनसनसँगै फेरी बहसमा आएको छ । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको दिनदाहाडै खुँडा प्रहार गरी हत्या भएको थियो ।