Breaking

सन्दीपको पुनरागमन, विरासत फर्काउने दाउमा नेपाल, क्याप्टन र प्रशिक्षकको यस्तो छ तयारी


काठमाडौँ– विश्वका बल्लेबाज क्रिकेट हस्तीहरुको रेकर्ड ब्रेक गरेर नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाएको नेपाली क्रिकेट टोली विश्वकप लक्षका साथ मैदानमा उत्रिदैछ । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले अवको एउटै लक्ष्य क्वालियफायरको भएको बताएका छन् । अक्सर क्रिकेटका महारथीहरुले नेपालको राष्ट्रिय टिमलाई नचिनेको सायदै होला । चीनमा भएको एसियाली खेलकुदमा दिपेन्द्रसिंह ऐरीले भारतका युवराज सिंहको किर्तिमानी खोसेर आफ्नो नाममा दर्ज गराएपछि क्रिकेटमा नेपालको चर्चा विश्वव्यापी छ । यद्यपी यतिले मात्रै नेपालको नाम रोशन गराउन काफी छैन । अब नेपाली क्रिकेटका लागि चुनौतीको विषय बनेको छ , टि २० विश्वकप क्वालियफायर । नेपाली टोली अहिले विश्वकप छनोटका लागि आन्तरिक रुपमा भगिरथ प्रयासमा छन् । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले टि २० विश्वकपमा क्वालियफायर हुनु नै आफूहरुको एकमात्र लक्ष्य रहेको बताएकाछन् ।

क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको बताएका उनले कुनैपनि टिमलाई सामान्य र सहज रुपमा नलिएको दावी गरेका छन् । नेपालका उम्दा खेलाडी दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुलश भुर्तेल, सोमपाल कामी, सन्दिप लामिछानेहरु सेटमै रहेकाले नेपालका लागि क्वालियफायर चुनौती भएपनि असम्भव भने छैन । नेपाली टिमको नेतृत्व गरिरहेका प्रशिक्षक प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताएकाछन् ।उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

आयोजक नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी टी–२० मेन्स विश्वकप एसिया क्वालिफायर फाइनल २०२३ मा प्रतिस्पर्धा गर्नेछन् । ३० अक्टोबरदेखि ५ नोभेम्बर कार्तिक १३ देखि १९ गतेसम्म सम्म चल्ने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । ३ नोभेम्बरमा हुने सेमिफाइनलको विजेता दुई टिमले वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । यस्तै छनोट हुने दुई टिमबीच ५ नोभेम्बरमा हुने एसिया क्वालिफायरको उपाधिका लागि फाइनल खेल हुनेछ । नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्दैछ ।