काठमाडौँ– संसदीय राजनीतिमा प्रखर कांग्रेस सभापति देउवा कम बोल्ने नेतामा गनिन्छन् । मौनता साँधैरै आफ्नो रणनीतिलाई सफल बनाउने राजनीतिक खेलाडी देउवा जब बोल्छन् तब चर्चामा आईहाल्छन् । त्यस्तै शनिबार कांग्रेसको चियापानपछि सञ्चारकर्मीहरुसँग लामो समयपछिको मौनता तोडेर अन्तरक्रियामा जोडिएका देउवा चर्चामा छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वभावले नै पनि हक्की र रिसाहा प्रवृत्तिका छन् ।
जुन उनले बेला बखतमा देखाउने भावभंगीलेनै नै स्प्रष्ट्याउँछ । आफ्नै नेता, कार्यकर्ताको झाँको झार्ने देउवाले पत्रकारहरूलाई पनि बाँकी राख्दैनन् । उमेरले ७७ नाघेका देउवा क्षणभरमा नै आवेगमा त आउछन्नै एकै ठाउँमा स्थिर भएर समेत बस्न सक्दैनन् । अहिलेकै चलनचल्तीको शब्दमा भन्ने हो भने देउवा ‘बिन्दास’ छन् । देउवाकै राजनीतिक प्रतिष्पर्धी वा सहयात्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल तुलनात्मक रुपमा केही गम्भीर र तार्किक बहस गर्ने भए पनि देउवा आफ्नै दुनियाँमा मस्त हुने गर्छन् । ओली–प्रचण्ड खुलेआम आफूहरु कमजोर भएको महसुस गरेर परिवर्तन विरोधीलाई ढाल्नु पर्ने भन्दै चिन्तित बनिरहँदा देउवा निष्फिक्री छन्
हालको अवस्था हेर्ने हो भने नेपालका शीर्षस्थ दलका नेताहरूलाई लाग्ने एउटै आरोप भनेको उनिहरुले देश सके भन्ने हो । परिणामत नेपाली राजनीतिमा उनीहरूप्रति विश्वास घटेर जाँदा नयाँ शक्तिहरू उदाएर आइरहेका छन् । तर, कांग्रेस सभापति देउवा यसलाई स्वीकार्न तयार छैनन् । बरु उनी ठूला र शीर्ष नेताहरू पहिल्यै देखि आलोचनाको पात्र भएको भन्दै यसलाई सामान्य रुपमा लिने गर्छन् । देशमा बढ्दै गए बेरोजगारी, थपिदै गएको पारिवारिक आर्थिक बोझका कारण अधिकांश नेपाली युवाहरू रहरले भन्दा पनि करले विदेशीन बाध्य छन् । कलकारखानाहरु ठप्पै हुँदा आफ्नो र परिवारको सुनिश्चित भविष्यका लागि विदेशीएका युवाहरूप्रति पनि देउवाको बुझाई फरक छ । आफूले नजाउँ भन्दा भन्दै पनि रहरले विदेश गएकाहरु रहर पुगेपछि फर्केर आउने उनको तर्क छ ।
लोकतान्त्रिक पार्टी कांग्रेस गुटभन्दा माथि उठ्न सकेको छैन । पार्टीभित्र चीरा–चीरा पर्दा पनि देउवा विन्दास छन् । उनलाई कोही कसैले पार्टी बिग्रियो सुध्रिनु प¥यो भनेर सम्झाई दिए पनि आफूहरू नबिग्रएको र बरु प्रश्न नै बिग्रिएको भन्दै सुध्रिन आवश्यक नरहेको तर्क गर्छन् । आफ्नै केन्द्रीय सदस्यलाई पनि नचिन्ने देउवा उमेरले बुढौली तर्फ सोझिदैछन् । यद्यपी उमेर बुढौली भएपनि देउवाको जोस भने गलेको छैन । उनले देशकै ठूलो दलको नेतृत्व गरिरहेकाछन् । राष्ट्रिय राजनीतिमा पनि उतिकै सक्रिय छन् ।
अझ् भन्नु पर्दा सक्रियमात्रै होइन, सत्ता साझेदारको नेतृत्व नै गरिरहेका देउवाकै वरपर नेपाली राजनीतिक घुमिरहन्छ । उनी अझै प्रधानमन्त्रीको प्रमुख आकांक्षी समेत हुन् । देशकै ठूलो पार्टीको नेतृत्व गरिरहेकाको बोली, व्यवहार र हाउभाउले समेत ठूलो अर्थ राख्ने गर्छ । तर, देउवाको हकमा भने त्यो केही हदसम्म भए पनि अपवाद जस्तै बनेको देखिन्छ । देउवाको निकट रहेर उनको स्वभाव बुझेकाहरु नोकझोकलाई समेत पचाएर सहज रुपमा लिने गरेकाछन् । बचनका पक्का देउवाले तेस्रो शक्ति माओवादीलाई मुलुक हाक्ने जिम्मा दिएर बाहीर बसेर रिङ भित्रको रमिता हेरीरहेकाछन् । प्रचण्ड प्रधानमन्त्री भएपनि सत्ताको साचो उनै देउवाको खल्तिमाछ । अर्थात देउवा अहिले पनि शर्वशक्तिमान भएर बसेकाछन् ।
प्रतिक्रिया