Breaking

सानेपामा देखिएको रोचक दृश्यः देउवा बोले, ओलीले जवाफ दिने, प्रचण्ड र माधव ससंकित


काठमाडौँ — नेपाली कांग्रेसले शनिबार चियापान गरेको छ । जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्दै आएको छ। राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखलगायत उपस्थिती रहने यो कार्यक्रम उसको परम्परा जस्तै बन्दै गएको छ ।

यहि सन्दर्भमा यो बर्षका चियापान कस्तो भयो ? पृष्ठभूमिमा मंगल धुन अनि मन्चमा बसेर नमस्कार गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा,छेउमा मुसुमुसु हास्दै नमस्कार गरिरहेका कानुनमन्त्री धनराज गुरुङ । घरि अघि वाक्क लाग्ने वानीले नमस्कार भन्दा ताली बजाएजस्तो देउवाको मुद्रा र अलिक पछाडि श्रीमती डा.आरजु राणा देउवा । भोट माग्न लस्कर बसेजसरी लहरै उभिएका केन्द्रीय सदस्य,फोटो प्रदर्शनी र भित्तामा टासिएका नारा सहितका पम्पलेट । साथमा बाजाको टोली देखि रक्तदान समेत आयोजना गरिएको यो दृश्य हो नेपाली कांग्रेसको चियापान समारोहको ।

कोजाग्रत पूर्णिमाको अवसर पारेर कांग्रेसले प्रत्येक बर्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ । त्यसैको निरन्तरता शनीवार चियापान आयोजना गरेको कांग्रेसले उपस्थितीका लागि राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको थियो ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भएका थिए । जहाँ बसेर स्वागत गरिरहेका देउवा ओलीको आगमनमा भने उभिएका थिए । स्लो मोसनमा मन्चमा देखिएका ओलीले देउवा संग छोटो अनौपचारिक कुराकानी र हात मिलाएपछि अभिवादन गर्न समेत भ्याए । दुवै हसिलो मुद्रामा प्रस्तुत हुदाँ ओलीले त छोटो प्रतिक्रिया नै दिए भ्याए ।

हुन त एमाले कांग्रेस मिलेर जानुपर्ने चर्काका विच भेटमा चम्किएका उनीहरुका अनुहारले राजनीतिक संकेत गरेको बुझ्न मुस्किल थिएन । जहाँ ओली बाहिर निस्कने प्रतिक्षामा रहेका जस्तो देखिने प्रधानमन्त्री पुष्पकमल दाहाल पनि माओवादीको नेतृत्व सहित सहभागी हुदाँ केहिवेर मन्चमै बसेर देउवासंग भलाकुसारी गरे । संगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुन पुग्दा ओलीले मिलाएको हातको संकेतको सन्देश दिदै मन्चमा सामुहिक फोटो खिचाउन भ्याए ।

त्यस्तै सभापति रवि लामिछाने सहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेत कार्यक्रममा पुग्दा ओहोदा अनुसार कै स्थान र परिकारको व्यवस्था गरिएको थियो । जहाँ पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणका लागि समोसा, केरा, निम्की, बर्फीको प्याकेटको व्यवस्था गरिएको थियो ।

साथै सेतो, कालो चिया र कफी समेत यसमा थप गरिदा अतिथि तथा भीआईपीका लागि बारा, स्विटकर्न, चिकेन, चिज स्यान्डविच, अचार, चिया, कफीको व्यवस्था गरिएको थियो । झन्डै ४ सय जना भीआईपीका लागि तथा ५ हजार सर्वसाधारणका लागि मेन्यु तयार हुदाँ १० हजार भन्दा वढिलाई निमन्त्रणा गरिएको थियो । शिर्षस्थ नेताहरुको जमघटको थलो कै रुपमा समारोह देखिदाँ कांग्रेस सभापति शेरबहादुर देउवाले समेत खुसि खुसि नै सन्चारकर्मीहरुको प्रश्नहरुका उत्तर दिए

बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो। त्यसपछिका सभापतिहरुले समेत यसलाई निरन्तरता दिदाँ कांग्रेसका लागि यो परम्परा जस्तै बनेको छ भने शिर्षहरुविच मन माझामाझ हुने र राष्ट्रिय सहमतिको आधार तयार हुने मन्चका रुपमा कांग्रेसी नेताहरुले यसलाई व्याख्या गर्दै आएका छन । फलत ः शनीवारको चियापानमा समेत यस्ता प्रतिक्रिया सुनिदा कांग्रेस नेताहरु आफ्ना कार्यकर्ता अघि चिनजान गर्ने काममा व्यस्त थिए भने दृश्य अधिवेशनको रन्को जस्तै देखिन्थो ।