Breaking

प्रहरीनै चकित पर्ने मुगु हत्याकाण्ड, ढोकामा ताल्चा, चप्पलको संकेत, कुकुरले अभियुक्त खोज्दै


काठमााडौँ — पछिलो समय सामुहिक हत्या काण्डको श्रृङखल्ला बढ्दै गएको छ ।काठममाडौं तीन कुने गैह्रीगाउँ हत्या काण्ड सेलाउन नपाउँदै मुगुमा फेरि उहि प्रकृतिको घट्ना दोहोरीएको छ । एकै परिवारका ४ जनाको हत्या भएपछि मुगुमा तालिम प्राप्त कुकुरसहित विशेष टोली परिचालन गरिएको छ । मुगुको छाँयानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा भएको सामुहिक हत्याले अहिले सिंगो गाउँबासीलाई स्तव्ध बनाएको छ ।

तामाका मुना जस्ता अवोध बालबालिकाले च्या, गर्न पाएनन,्आमाको काख र झोलुङगोमा झुल्ने बेलामा दुधे बालक पनि हत्याराको शिकार भए ।संगै भएकी आमा पनि उम्किन सकिनन् । जब एकै परिवारका चार जनाको मामुहिक रुपमा बर्वरता पुर्वक हत्या गर्न अभियुक्त सफल भयो । त्यसपछि बाहीरबाट ताल्चा लगाईदिएरकुले लाम ठोेकेको अनुमान गरिएको छ।


गाउँ घर छरछिमेक भ्रममा परे, सायद माईतबाट फर्किएका छैनन् होला, त्यही भएर ढोकामा ताल्चा लागेको छ । केहीले लख काटे खेतवारी तिर तरकारी टिप्न गएका होलान् त्यही भएर नदेखिएका । तर यी सबै अनुमान र अड्कल त्यतिबेला फेल खायो जतिबेला आफ्ना छोराछोरीसहित माईत गएकी श्रीदेवि बोहोरा टिका लगाएर ८ गते बेलुकानै घर फर्किएको खबर आफन्त र छरछिमेकिले पाए ।

छोराछोरीसहित श्रीदेवि माईतबाट टिका थापेर फर्किएको र घरमा नभएको खबरले त्यही बेला उनकी माइजु र अन्य आफन्तले फोन गरे तर फोन अफ थियो। खोजी निति चल्दै जादा बाहीरै चप्पल भएको तर ढोकामा ताल्चा मारिएको देखेपछि श्रीदेविका मामा आएर घरको ढोका फोडेर हेर्दा कोठा भित्र सबै जनाको सामुहिक रुपमा विभत्स तरिकाले हत्या भएको अवस्थामा शव फेला प¥यो ।

भित्र हत्या गरेर बाहीरबाट ताल्चा मारिएको मुगुको यो घट्नाले प्रहरीलाई पनि अनुसन्धानमा चुनौती थपिएको छ । बर्बरता पुर्वक एकै परिवारको चार जनाको हत्या भएको विषयमा अभियुक्त पत्ता लगाउन प्रहरीले विशेष टोलीसहित तालिम प्राप्त कुुकुर परिचालन गरेको छ । माईतमा लगाएर आएको निदारको टिका सुक्न नपाउँदै श्रीदेविको परिवार सकिएको छ ।

उनका श्रीमान बैदैशिक रोजागारीको शिलसिलामा विदेशमा छन् । २६ वर्षकीश्रीदेवीसहित उनका छोरा११ वर्षीय मनोज बोहोरा १ वर्षीय छोरा रहर र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्याको छ। मृतक आमा छोराछोरी सहित ७ गते बिहान दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राती हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

अज्ञात समुहले हत्या गरेर फरार भएपछि प्रहरीले घट्नास्थललाई सिल गरेर पहरा दिएको छ । तिब्र रुपमा हत्याराको खोजी गरेको प्रहरीले मुगु र जुम्लाबाट पनि प्रहरी परिचालन गरेको छ । गएको भदौ २९ गते काठमाडौंको तीन कुने गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको थियो । अहिले गैह्रीगाउँ हत्याकाण्ड सेलाउन नपाउँदै मुगुमा सोही प्रकृतिको घट्ना दोहोरीएको छ । पछिला वर्ष सामुहिक हत्या काण्डको श्रृखंला बढ्दै गएको छ ।२ वर्ष अगाडी २०७८ साल भदौ २१ गते संखुवासभाको मादीमा पनि एकै परिवारका ६ जनाको सामुहिक हत्या भएको थियो ।