खेलकुद

न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित


काठमाडौँ — एकदिवसीय विश्वकप क्रिकेटको रोमाञ्चक म्याचमा न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भएको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ५ रनले पराजित भएको हो । न्युजिल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३८५ रन मात्रै बनाउनसक्यो । अस्ट्रिलया र न्युजिल्यान्डले बनाएको योगफललाई जोड्दा विश्वकपको इतिहासमा यो सबैभन्दा ठूलो स्कोर हो । अन्तिम ओभरमा जितका लागि १९ रन बाँकी छँदा अस्ट्रेलियाको कसिलो बलिङसामु न्युजिल्यान्डका ब्याटरहरूले बाउन्ड्रीबाहिर बल पु¥याउन सकेनन् ।

अन्तिम ओभरको पाँचौं बलमा जिम्मी निसन रन आउट भएपछि लक्ष्यसम्म पुग्ने न्युजिल्यान्डको चाहना लगभग अन्त्य भएको थियो । न्युजिल्यान्डका लागि सचिन्द्र रवीन्द्रले सर्वाधिक ११६ रन बनाए। त्यस्तै डेभन कन्वेले २८, विल यंगले ३२, डैरिल मिचेलले ५४, टम लिथमले २१, ग्लेन फिलिप्सले १२, जेम्स निसमले ५८ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो ।

ओपनर डेविड वार्नर र ट्राभिस हेडको विस्फोटक ब्याटिङको मदतले अस्ट्रेलियाले यो योगफल खडा गरेको थियो । हेडले ६७ बलमा १०९ र वार्नरले ६५ बलमा ८१ रन बनाए । त्यस्तै मिचेल मार्सले ३६, स्टिव स्मिथले १८, मार्नस लिबुसेनले १८, ग्लेन म्याक्सवेलले ४१, जौस इंग्लिसले ३७ र मिचेल स्टार्कले १ रन बनाए । न्युजिल्यान्डका लागि ट्रेन्ट वोल्ट र ग्लेन फिलिप्सले ३–३ विकेट लिए। त्यस्तै मिचेल स्नैटरले २ र मेट हेनरी तथा जेम्स निसमले १–१ विकेट लिए ।