समाचार

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै


काठमाडौं । आज खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि नै सुरु हुने समितिले जनाएको छ । राति २ बजेर ३८ मिनेटमा ग्रहण समाप्त हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । सूर्य ग्रहणमा १२ घण्टा र चन्द्रग्रहणमा ९ घण्टाअघि देखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थहरुमा उल्लेख छ । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै मात्र ग्रहण भएको पंचांग विकास समितिले जनाएको छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसीमा र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।