विदेश

ईजरायली सेना गाजा पस्न असफल, नागरिकको चित्कार बोकेर आक्रामक बन्दै हमास


काठमाडौँ — प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच युद्ध सुरु भएको २० औँ दिन भईसक्दा दुबैतर्फबाट युद्ध रोक्ने कुनै प्रयास भएको छैन । ईजरायलले गाजा क्षेत्रमा थप शक्ति बढाउँदै लैजाँदा अझै सयौंले ज्यान गुमाउने देखिन्छ भने बन्धक बनाईएकाहरुसमेत मारिन थालेका छन् । इजरायले गाजा क्षेत्रमा आक्रमण तिव्र पारिरहँदा हालसम्म ५० बन्धक मारिएको खबर बाहिरिएको छ ।

युद्धको २० औँ दिन प्रवेश गर्दा दुबै तर्फबाट युद्धविरामको संकेत नदेखिँदा अझै धेरै सर्वसाधारणको ज्यान जाने आंकलन छ । हमासको सैन्य शाखाका अनुसार अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १४ सय मानिसको हत्या गरेपछि धेरैलाई बन्धक बनाएर गाजामा ल्याएको थियो । इजरायली सेनाको पछिल्लो जानकारी अनुसार हमासले २२४ जनालाई बन्धक बनाएको छ ।

हमासको सैन्य शाखाका प्रवक्ता अबु ओबेदाले भने यस सम्बन्धमा विस्तृत जानकारी दिएका छैनन् । यता गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता मृत्यु हुनेको सङ्ख्या २ हजार ९ सय बालबालिकासहित ७ हजार नाघेको जनाएको छ । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १४०५ जनाको मृत्यु भएको थियो । यता इजरायली सेनाले अक्टोबर ७ मा भएको आक्रमणको योजना बनाउने हमास कमाण्डरलाई मारेको बताएको छ ।

यसअघि इजरायली सेनाले अक्टोबर ७ को हमलाको योजनामा सहयोग गर्ने हमासका अर्का एक वरिष्ठ कमाण्डर मारिएको बताएको थियो । सटीक गोप्य’ सूचनाको आधारमा युद्धक विमानहरूले हमास गुप्तचरका उपप्रमुख शादी बारुदमाथि आक्रमण गरेको इजरायली सेनाले बताएको छ । हवाई हमलाको भिडियो शेयर गर्दै इजरायली सेनाले उक्त हमलामा उनी मारिएको दाबी गरेको हो । इजरायली सेनाका अनुसार शादी बारुदले गाजामा हमासका प्रमुख याह्या सिनवारसँग मिलेर अक्टोबर ७ मा हमलाको योजना बनाएका थिए ।

तर हमासले यस विषयमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन । अटोबर ७ मा १४ सय नागरिकको ज्यान गएपछि केहिदिन सोकमा डुबेर शक्तिमा बदल्दै आक्रमक बनेको इजरायल अहिले गाजा क्षेत्रमा आपm्नो शक्ति प्रदर्शनमा उत्रिरहेको छ । यो युद्ध कहाँ पुगेर टुँगिने हो अहिले नै भन्न सकिने कुनै संकेत छैन ।