Breaking

विश्वकप छनोट खेल्नुअघिको हारले झस्कियो नेपाल, प्रशिक्षकले पत्ता लगाए आफ्नो कमजोरी


काठमाडौँ — त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ । शुक्रबार फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिज हात पारेको हो । उत्कृष्ट प्रदर्शन गर्दै उपाधि भिडन्तसम्म पुगेको आयोजक राष्ट्र नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा चुकेको छ । शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) नेपाललाई चार विकेटले हराउँदै च्याम्पियन बनेको हो । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो ।

अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै जित दिलाए । नेपालले वासिमलाई दुई पटक आउट गर्ने अवसर पाएको थियो तर कमजोर फिल्डिङ गर्दा क्याच ड्रप ग¥यो र यस्मा नेपाल चुक्यो । कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५ गुल्सन झा ५ सोमपाल कामीले १३ रन बनाए ।

करन केसीले १७ बलमा २३ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । अविनाश बोहोरा शुन्य रनमा अविजित रहे । यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो । नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो । लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनल भिडन्तमा नेपालले नतिजा सुम्पिन पुग्यो । महत्वपूण नतीजा सुम्पिएको नेपाली बलिङमा बलियो रहेको स्पीनरको अभाव खड्केको कप्तान रोहित कुमार पौडेलले बताए

यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाईले सिरिजमा सुरुवातदेखी नै राम्रै गर्दै आए पनि उपाधी उचाल्न नसक्दा भने प्रशिक्षक आफुहरुको कम्जोरी पत्ता लागेको बताउँछन् । १३ कात्तिकदेखि काठमाडौंमै सुरु टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजित त्रिकोणात्मक श्रृखलामा नेपाल र यूएईसँगै हङकङले पनि खेलेको थियो । नेपालले लिग चरणको चार वटै खेल जित्यो । सबैमा टस जितेको नेपालले तेस्रो खेलमा बाहेक सबै पहिले फिल्डिङ रोजेको थियो । शुक्रबार फाइनलमा नेपालले टस मात्र गरेन, खेल पनि गुमायो । यूएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो ।

अन्तिम खेलमा हङकङसँग पराजित भएपनि नेट रनरेटमा आधारमा फाइनलमा नेपालसँग भेट पक्का गरेको थियो । लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा भएको थियो भने फाइनल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा । करिब १० हजार घरेलु समर्थकमाझ नेपाललाई ६ विकेटले पराजित गर्दै युएईले उपाधि जित्यो ।

चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगितामा मंगोलियासँगको खेलमा क्रिकेट कीर्तिमानै कीर्तिमानको खेल खेलेको नेपाली खेलाडीले यूएईसंगको खेलमा त्यो जादुको छडिले काम गरेनन् । क्रिकेट पूर्वाधारको हिसाबमा नेपाल धेरै नै कमजोर छ । सरकारले घोषणा गरेको पुरस्कार समेत नपाउदा खेलाडी र दर्शकको मन त झनै अमिलिएको छ । आगामी दिनमा खेलाडी नै पलायन हुन्छकी भन्ने डर समेत पैदा भएको छ ।