Breaking

गाजा ध्वस्त पार्दै ईजरायल, स्थलगत आक्रमणमा सेना


काठमाडौँ — १९ दिनदेखि चर्किरहेको इजरायल र हमासबीचको युद्ध झन आक्रामक बन्दै गएको छ । युद्धकै क्रममा ईजरायलले आफ्नो भूमिकालाई थप शसक्त बनाउँदै लगेको छ भने हमास पनि पछि नहट्ने पक्षमा छ । दुबैतर्फ गरि अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार नजिक पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनमएका छन् । युद्ध सुरु भएको १९ औँ दिनमा पनि इजरायल र प्यालेस्टिनी लडाकु हमास समूहबीचको युद्ध रोकिएको छैन ।

अटोबर ७ मा १४ सय नागरिकको ज्यान गएपछि केहिदिन सोकमा डुबेर शक्तिमा बदल्दै आक्रमक बनेको इजरायल अहिले गाजा क्षेत्रमा आपm्नो शक्ति प्रदर्शनमा उत्रिरहेको छ । इजरायल र हमास समूहबीच जारी द्वन्द्वका कारण तनावको दायरा फराकिलो बन्दै गएको छ भने यसको व्यवस्थापनका लागि अहिलेसम्म ध्यान जान सकिरहेको छैन । एकले अर्कामाथी मर या मारको स्थिति बनिरहेको इजरायल हमासबीचको युद्धमा सयौँ निर्दोष जनताको बलि चढिरहेको छ । हप्तौँ बिद्दा पनि यो युद्धको अन्त्य हुने छाँटकाँट देखिँदैन ।

यता इजरायल डिफेन्स फोर्सले उत्तरी गाजामा ट्याङ्कहरू प्रयोग गरेर लक्षित आक्रमण गरेको छ । यसको भिडियो जारी गर्दै ‘युद्धलाई अर्को चरणमा पु¥याउने’ तयारीको रूपमा यो छापा मारिएको र यस क्रममा कयौँ आतङ्ककारी लुकेका ठाउँहरू र एन्टी ट्याङ्क फायरिङ लञ्च पोस्टहरू ध्वस्त पारिएको उल्लेख गरिएको छ । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले गाजामा जमिन आक्रमणको तयारी गरिरहेको बताएका थिए । यद्यपि यो कहिले हुने हो भन्नेबारेमा उनले कुनै जानकारी दिएनन् । उनले सहमतिबाटै यसबारे टुंगो लाग्ने बताए ।

यसको निर्णय सरकारको विशेष युद्ध मन्त्रिपरिषद्ले गर्नेछ । हामीले हजारौँ आतंककारीहरूलाई मारेका छौँ र यो सुरुवात मात्र हो उनले भने । हालै इजरायलले ११ लाख नागरिकलाई उत्तरी गाजा छोडेर दक्षिणी गाजा जान भनेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा हालसम्म ६,५४६ प्यालेस्टाइनी नागरिक मारिएका छन् । आक्रमणमा पर्नेहरुमा सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धाहरु परेका छन् ।

पछिल्लो पटक पत्रकारको परिवारको पनि इजरायली रकेट निशानामा परेको छ । अल–जजिरा मिडिया नेटवर्कले इजरायली हवाई आक्रमणमा गाजा संवाददाताका श्रीमती र दुई छोराछोरी मारिएकोे छ । उनीहरू उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका थिए । यस आक्रमणको बारेमा इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन । अल–जजीराले प्रत्यक्ष टिभीमा संवाददाता वेल अल–दहदौलाई आफ्नी श्रीमती, छोरी र छोराको शव समातेको देखाएको थियो । अल–जजीराका अनुसार उनीहरू गाजाको नुसिरत शरणार्थी शिविरमा बस्दै आएका थिए जहाँ इजरायली रकेट आक्रमण गरिएको थियो ।

इजरायलको चेतावनीपछि वेल अल–दहदौले आफ्नो परिवारसहित उत्तरी गाजा छोडेर दक्षिणी गाजा गएको जनाएको छ । यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजराइली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गरेका छन् । इजराइजली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमासले गरेको आक्रमणलाई महासचिव गुटेरेसले समर्थन गरेको आरोप लगाएका थिए ।

जराइल र प्यालेस्टाइनको बिचमा बढ्दो संकटलाई लिएर मंगलबार भएको बैठकलाई सम्बोधन गर्दै सुंयक्त राष्ट्रसंघका महासचिव गुटेरेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताएका थिए । गुटेरेसले हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन् भन्ने पहिचान गर्नु महत्त्वपूर्ण हो र उनीहरूलाई सामूहिक सजाय दिनु उचित होइन भनेका थिए ।

महासचिव गुटेरेसको सम्बोधनपछि संयुक्त राष्ट्रसंघका लागि इजराइलका स्थायी प्रतितिधिले एक्समा पोस्ट गरेका छन् । महासचिवको सम्बोधनले हमासको क्रुर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए जसमा सर्वसाधारण नै बढी थिए । उनले महासचिवको राजीनामासमेत माग गरेका थिए । यसका साथै इजरायलले महासचिव गुटेरेस र संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भिसासमेत रोक्ने चेतावनी दिएको थियो ।