काठमाडौँ — भारतको प्रसिद्ध पतञ्जलि योग पीठले झन्डै एक अर्व लगानीमा आयुर्वेदिक औषधि उद्योग खोल्ने भएको छ । भारतको हरिद्वारमा रहेको पतञ्जली योगपिठले नेपालको रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर समेत स्थापना गर्ने भएको छ । भारतको प्रसिद्ध पतञ्जलि योग पीठका अध्यक्ष आचार्य बालकृष्ण नेपालमा छन । भारतीय योग गुरु रामदेवका अनुयायी प्रमुख सहयोगी आयुर्वेद शिरोमणी बालकृष्ण हिन्दुधर्मवलम्बिहरुको मुख्य चाड दशैको अवसरमा ४० वर्षपछि आफ्नो गृहजिल्ला स्याङजा पुगेका छन ।
योग तथा आध्यात्मिक सभा सम्मेलनमा भाग लिन बेला बखत नेपाल ओर्लने आचार्य बालकृष्ण अहिले आफ्नो गृहजिल्ला स्याङजा सहित अन्य विभिन्न स्थानमा आफ्नो अनुयायीहरुसँग भेटमा व्यस्त छन । दशैको महत्व बुझेर दसैँ पर्व मनाउन स्याङजा पुगेका उनले दसैँ वा अरु चाडपर्वका अवसरमा आफन्त परिवार समक्ष पुग्ने परम्परा सनातन संस्कृति र वैदिक परम्पराको राम्रो संस्कारको रुपमा वर्णन गरेका छन ।
बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै पतञ्जलि योग पीठका अध्यक्ष आचार्य बालकृष्णले नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने बताएका छन । नेपालमा उपभोक्ताको आकर्षणलाई मध्यनजर गर्दै पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जनाएको छ ।
भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने बताएका छन । नेपाल–भारतबीच धार्मिक, सांस्कृतिक समानताका कारण नेपालका धार्मिक गन्तव्यहरूप्रति भारतीयको आस्था र आकर्षण दुवै बढी छ । नेपाल भारतीय पर्यटकको सहज र आकर्षक गन्तव्य भएको उल्लेख गर्दै औषधि उद्योग र योग केन्द्र सञ्चालनपछि नेपाल र भारतबीच जनस्तरको सम्बन्ध थप प्रगाढ हुने र यसले धार्मिक पर्यटन प्रवद्र्धन मद्धत गर्ने उनको दावी छ ।
नेपालमा एक लाख जनाभन्दा बढी पतञ्जलीका योग प्रशिक्षक छन् । योग र आयुर्वेद औषधालयमा फड्को मारिरहेको पतञ्जलि र योग गुरु रामदेव, आचार्य बालकृष्णलाई पुझ्ने लाखौ अनुयायीहरु नेपालमा पनि छन । नेपालमा पतञ्जलिद्धारा उत्पादित आयुर्वेदिक औषधी र दैनिक उपभयोग्य बस्तुको खपत बढ्दो छ । पतञ्जलिका उत्पादनहरु आम सर्वसाधरणको रोजाईमा पर्ने गर्दछ । यसअघि टेलिभिजन खोल्ने विषय विवादले सफल हुन सकेन औषधि उद्योग खोल्ने पतञ्जलीको इच्छा कार्यन्वयन हुन्छ वा हुन्न तत्काल अनुमान गर्न कठिन छ ।
प्रतिक्रिया