Breaking

वर्तमान सत्ता गठबन्धन भत्काउन अनेक प्रयत्न भईरहेको छ: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन भत्काउन अनेक प्रयत्न भइरहेको बताउनुभएको छ । आज दिउँसो रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उहाले अहिले माओवादीको एकल नभएर संयुक्त सरकार भएको बताउनु भएको हो ।

उहाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेस केही दिनमा नेपाल आउने जानकारी समेत दिननुभयो । राष्ट्रसंघको महासभामा जाँदा आफूले महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएको बताउनुहुदै जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिन गरिएको आग्रह स्वीकार गरेर उहाँ नेपाल आउन लाग्नुभएको प्रधानमन्त्रीको भनाइ छ ।