Breaking

अमेरिकाको ल्युस्टन सहरमा गोलाबारी, १६ जनाको हत्या


काठमाडौँ – अमेरिकाको माइन राज्यस्थित ल्युस्टन सहरमा एक बन्दुकधारीले गोली हानी १६ जनाको हत्या गरेका छन् । कम्तिमा ५० जना भन्दा बढी घाइते भएका छन् ।
मइनमा प्रहरीले कम्तिमा १६ जनाको ज्यान गएको एक बन्दुकधारी फरार रहेको बताएको छ ।

बीबीसीका अनुसार पुलिसले घटनाको अनुसन्धान गरिरहेको र एक संदिग्धका फोटोहरू जारी गरेको बताए। बन्दुकधारी पक्राउ नपरेसम्म घरबाहिर ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ ।