काठमाडौँ — नेपालीहरुको महान् पर्व बडा दशैंको दोस्रो दिन पनि मान्यजनको हातबाट टीका, प्रसाद ग्रहण गर्ने क्रम जारी छ । तर, यातायात अभावका कारण आर्शीवाद थाप्न टाढाटाढा आफन्तकोमा पुग्नुपर्नेहरूको सास्ती भने कम भएको छैन । बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन पनि टीका जमरा लगाउन आफन्तजनकोमा जानेहरूको चहलपहल देखिएको छ । पहिलो दिन मान्यजनबाट आर्शीवाद थाप्न जान नपाएकाहरूले एकादशी वा दशैंको दोस्रो दिन पनि त्यसलाई निरन्तरत दिईरहेका छन् । टीका लगाउन जानेहरुको चटारो राजधानीको सडकमा देखिरहँदा सार्वजनिक यातायतको अभावले यात्रुलाई परिरहेको समस्या पनि स्प्रष्ट देखिन्थ्यो ।
कोही टीका थाप्न हिडिरहेका थिए भने कोही भने टीका लगाईसकेर घर फर्किन यातायात कुर्दै थिए । राजधानीको सडकमा सार्वजनिक सवारी साधन देखिए पनि चाप थेगिनसक्नु थियो । चाडपर्वको समयमा यातायातको अभाव हुने भएकाले सास्ती पाएको यात्रुहरुको अनुभव छ । एक त चाडवाडको समयमा सवारी साधन पाउनै मुश्किल, पाईहाल्यो भने पनि सहज यात्रा गर्नै नपाउने, आफ्नो गन्तव्यमा पुग्न साधनको प्रतीक्ष गरिरहेकाले गुनासो गरिरहेका थिए ।
सडकमा सार्वजनिक यातायातको भन्दा बढी नीजि सवारी साधनको चहलपहल बढी छ । टीका लगाउन जानका लागि नीजि सवारी साधन हुनेहरुलाई केही सहज भए पनि सार्वजनिक याताताय प्रयोग गर्नेहरुलाई भने सास्ती छ । सार्वजनिक यातायात अभावका कारण आम मानिसलाई सास्ती भए पनि चाडबाडमा केही दुई चार पैसा कमाउन बसेकाहरुलाई भने फाइदा नै भएको छ । यातायातको विकल्पमा मानिसको रोजाई इनड्राईभ, पठाओ जस्ता अनलाईनबाटै बुक हुने ट्याक्सी पर्ने गरेको छ । यसरी बुक हुने ट्याक्सीले अन्य दिनको तुलनामा दशैंमा व्यापार राम्रो गर्ने चालक बताउँछन् । तर,दर्ता नभई चोक चोकमा बस्ने ट्याक्सीको हकमा भने दशैंमा पनि व्यापार हुन गाह्रो भएको उनीहरूको अनुभव छ ।
दशैं लगायतका ठूला चाडवाडमा कम मात्रामा सार्वजनिक यातायात सञ्चालनमा आउने हुँदा त्यसको प्रभाव सडकमा देखिन्छ । यद्यपि, जति सुकै सवारी साधनको सास्ती भए पनि यात्रुहरू कठिन यात्रा नै गरेर भए पनि वर्षको एक पटका आउने बडादशैंमा मान्यजनबाट आर्शीवाद थाप्न जाने गरेका नै छन् । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको दुर्गा भवानीको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
विशेष गरी दशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने गर्छन् । अब आमनेपालीको दैनिकी दशैंअघि कै अवस्थामा फर्कने छ । पूर्णिमा शनिबार परेकाले यो क्रम शनिबारसम्म जारी हुनेछ । शनिबारपछि औपचारिक रुपमा नै सकिने दशैं पछि भने आमनेपालीको दैनिकी दशैंअघि कै अवस्थामा फर्कने छ ।
प्रतिक्रिया