विदेश

आक्रमक इजरायल, ७ सय प्यालिस्टाइनी एकै दिन मारिए, राष्ट्र संघलाई नै धम्की


काठमाडौँ — अटोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायललाई युद्धको निम्तो दिएको १८ औँ दिन भयो । यो युद्ध दिनप्रतिदिन नयाँरुपले अघि बढिरहेको छ । दुबै तर्फ युद्ध रोक्ने नाम लिइरहेको छैन । अटोबर ७ मा १४ सय नागरिक मारिसकेपछि केहिदिन सोकमा डुबेर शक्तिमा बदल्दै आक्रमक बनेको इजरायल आक्रामक देखिएको छ । यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा अन्तराष्ट्रिय मानवीय कानुनको गम्भीर उल्ल्ंघन भइरहेको बताएका छन् ।

गुटेरेसले सर्वसाधारण नागरिकलाई ‘मानव ढाल’को रूपमा प्रयोग गर्ने हमास लडाकु समुह तथा गाजा क्षेत्र खाली गर्ने आदेशपछि दक्षिणी गाजामा इजरायलबाट भइरहेको बमबारीको आलोचना गरेका छन् । तर यता इजरायलका राजदुतले भने उनको अभिव्यतmीलाई आपति जनाउदै उनि संयुत्त राष्ट्रसंघको पदमा रहन अनुपयुक्त भन्दै राजिनमा समेत मागेको छ । अर्को ध्रुवको शक्तिशाली राष्ट्र चीन इरान लगायतका अन्य राष्ट्रहरुसमेन यसरी नरसंहार रोक्न आग्रह गर्दा समेत इजरायलको तर्फबाट गोलाबारुद रोकिएको छैन ।

यदपी इजराइल प्रतिरक्षा फौज (आईडीएफ)ले गाजामाथि आक्रमणका लागि तयार रहेको घोषणा नै गरेको छ । इजराइलको दक्षिणी सीमामा पत्रकारहरूलाई जानकारी दिँदै आईडीएफ प्रमुख हर्जी हलेवीले भने हामी आक्रमणका लागि तयार छौँ भन्नेबारेमा म स्पष्ट हुन चाहन्छु । उनले आईडीएफ मुलुकको राजनीतिक क्षेत्रसँगको समन्वयमा गाजामाथि स्थल आक्रमणको सटिक समयमा निर्णय लिने प्रक्रियामा रहेको बताए ।

यो चरणमा सामरिक र रणनीतिक कारक छन्, हामीलाई तयार रहन र सुधार गर्न प्रत्येक मिनेटको उपयोगका लागि धेरै समय प्राप्त हुन्छ । उनका अनुसार प्रत्येक मिनेट गुज्रिँदा दुश्मनमाथि अझ धेरै हमला भइरहेको छ । अर्को पक्षमा प्रत्येक मिनेट खेर जाँदा हामी शत्रुमाथि धेरै हमला गरिरहेका छौँ उसका लडाकूलाई मारिरहेका छौँ, उसका कमान्डरहरूलाई मारिरहेका छौँ, उसको पूर्वाधारलाई नष्ट गरिरहेका छौँ र अर्को कदमका लागि धेरै जासुसी जानकारी बटुलिरहेका छौँ’, हमासले इजराइली आक्रमणका लागि जति लामो समय पर्खिरहन्छ त्यति नै तनावग्रस्त हुने उल्लेख गर्दै उनले भने, ‘हामीले उनीहरूलाई तनावमा राखेका छौँ । यता गाजाको एक तर्फको क्षेत्रमा ध्वस्त बनाएको इजरायल अर्को क्षेत्रतर्फ आक्रमणको तयारीमा जुटेको छ ।

जस्को निशानमा अस्पताल परेको छ । गएको २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । योसंगै दुबैतर्फ गरि मृत्युहुनेको संख्या कम्तिमा ७ हजार दुईसय जनाको मृत्यु भएको छ । गाजामा मानवीय संकटको बारेमा चिन्ता बढ्दै छ । गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति अहिले बन्द गरिएको छ । यहाँका मानिसहरु निकै कठिन परिस्थितिमा बाँच्न बाध्य छन् । अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता देशले मानवीय आधारमा युद्ध रोक्न अपिल गरेका छन् ।

यद्यपि यी देशहरूले सार्वजनिक रूपमा स्थायी युद्धविरामको लागि आह्वान गरेका छैनन् । हमास समूहको अप्रत्यासित आक्रमणबाट प्रताडित बनेको इजरायलले सम्पूर्ण शक्ति केन्द्रित पार्दै हमासविरुद्ध भीषण गोलाबारी जारी नै राखेको छ । चाँडै नै यी दुई देशको युद्धलाई बार्तामा ल्याउन सकेन भने विश्य युद्धको खतरा पनि निम्तिने सम्वाभना छ ।