Breaking

पूर्वराजाकहाँ टीका लगाउनेको भीड, बोले ज्ञानेन्द्र, गठतन्त्रलाई व्यङ्ग्य, राष्ट्रपतिकहाँ पुगे गठतन्त्रवादी


काठमाडौँ — विजयदशमी अर्थात टिकाको दिन राष्ट्रप्रमुखबाट टिका प्रदान गर्ने चलनको निरन्तरता दशैको अवसरमा राष्ट्रपतिबाट उच्च पदस्थ व्यक्तिदेखि आम सर्वसाधारणलाई टीका लगाई दिएका छन । यो वर्ष पूर्व राजाले पनि आम सर्वसाधरणलाई टिका प्रदान गरेको छ । आफना मान्यजनहरुको हातबाट टिका जमरा आर्शिवाद ग्रहण गर्दै मनाउने दशैको टिकाको अवसरमा पहिलो दिन विजयादशमीका दिन प्रत्येक वर्ष राष्ट्रप्रमुखबाट सर्वसाधरणलाई टिका लगाई दिने चलन छ ।

सोहि चलनको निरन्तरता संविधान र गणतन्त्रको प्रतिकको रुपमा मानिने सम्माननीय राष्ट्रपति राम चन्द्र पौडेलबाट मंगलबार विशिष्ठ पदाधिकारीहरुदेखि सर्वसाधारणलाई टीका जमरा आर्शिवाद प्रदान गरेका छन । आम सर्वसाधरणले राष्ट्रपति निवास शितल निवासमा पुगेर राष्ट्रपति पौडेलबाट टिका तथा प्रसाद ग्रहण गरेका छन ।

राष्ट्र प्रमुख, मुलुकको अभिभावक मान्दै राष्ट्रपतिको हातबाट टिका लगाउन सर्वसाधरण शितल निवास पुगेका थिए । आफ्नो अभिभावक नभएका सर्वसाधरण समेत राष्ट्रपतिलाई नै आफ्नो अभिभावक सम्झेर टिका लगाउन पुगेका थिए । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली, एकिकृत समाजावादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायत शीर्ष नेताहरु शोकमा परेकाले टिका लगाएन्न ।

आफ्ना नेता कार्यकर्तालाई टिका लगाई दिएन्न् । आम सर्वसाधरण मात्र नभई विभिन्न राजनीतिक दलमा आवद्ध गणतन्त्र ल्याउन लडेका नेताहरु राष्ट्रपतिलाई अभिभावक मानेर शीतल निवास पुगेर राष्ट्रपतिबाट टिका आर्शिवाद ग्रहण गरेका छन । एकताको सन्देश दिने सद्भाव साटा साट गर्ने दशै जस्तो पर्वको शुभकामनामै लडेका एकले अर्कालाई दोष बोकउँदै आफु चोखिन उदत्त बनेकादेखि टिका बहिष्कारसम्मको चर्किकला देखाएका , चाडपर्वलाई राजनीतिक रंग थप्न भ्याएका राजतन्त्र र राजा बोक्न भ्याएका राजावादीहरुले भने पूर्व राजा ज्ञानेन्द्र शाहको नीजि निवास निर्मल निवास पुगेर टिका आर्शिवाद ग्रहण गरेका छन ।

राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश नेताहरु निर्मल निवास पुगेका थिए । निर्मल निवासको टिका आर्शिवाद ग्रहण गरेकाहरु शीतल निवासको आलोचना गर्न पछि परेन्न् । विशेषगरी दशैमा सर्वसाधरणलाई टिका आर्शिवाद दिने त छँदैछ , उनको राजनीतिक अभिव्यक्तिका कारण पूर्वराजा आलोचित हुने गर्दछ ।

आफ्नो शुभकामनामै गणतन्त्रमाथी प्रहार गरेका पूर्वराजाले यो वर्ष पनि आफुसँग टिका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधरणसँग भेटेपछि उनको सन्देशलाई दोहो¥याएका छन । आफ्नो अडान कायम रहेको बताउँदै भुकम्पका विषयमा समेत चासो व्यक्त गरेका छन । विजय दशमी असत्यमाथी सत्यको जित हो । दशैको उत्सव टिका र आर्शिवादसम्म पनि राजवादी गण्तन्त्रवादी विभाजित हुनु राजनीतिक दृष्टिले सहि भएता पनि यसले दिने राजनीतिक सन्देशमा भने अनेक तवरले व्याख्य विश्लेषण जारी छ ।