विदेश

आक्रामक इजरायल, चीनको धम्की, बाइडेनसँग सहमति, हमासका कमाण्डर मारिए


काठमाडौँ — इजरायल र हमासको युद्ध चलेको १६ दिन बित्दा दुवै पक्ष थप हौसिएको छ । दुवै पक्षको मानविय क्षति दिन प्रतिदिन बढ्दो छ । यता हतियार किन्ने र सहयोग गर्नेदेखी समर्थनमा समेत एक पछि अर्को राष्ट्र देखा परिरेहका छन् । जल जमिन र आकाशबाट भईरहेको यो युद्धमा कसको क्षति कति ? हमासको आकस्मिक आक्रमणबाट क्षति ब्यहोरेको इजरायल जुनसुकै हालतमा अब गाजा क्षेत्रबाट हमासको समाप्ती मात्रै होइन गाजा क्षेत्र नै कब्जा गर्ने रणनीतिका साथ होमिएको छ । अर्कोतर्फ विश्वको मानचित्रबाट इजरायलको नक्सा समाप्त पार्ने चुर्नौति दिएको हमास अरबी देशहरुलाई एक ढिक्का बनाउँदै इजरायलाई निमिट्यान्न पार्ने उदेश्यका साथ लडिरहेको छ ।

मुस्लिम देशहरु थप आक्रमक बन्दा इरान, लेबनान, सिरिया, मिस्, साउदी अरब, जोर्डन जस्ता अरु अरबी देशहरु इजरायलाई तहसनहस गर्न धम्की दिइरहेका छन् । अर्को तर्फ पटक पटकको गाजा छोड्न दिएको चेतावनीलाई हमासका मुख्य नेता इस्माइली हनियाले उल्टो इजरायलमाथि नै धावा बोलिरहेका बेला इरानका सर्वोच्च नेताले आफूहरुलाई धार्मिका गुरुले नै युद्ध लड्न आदेश दिएका कारण अब पछि हट्न नहुने तर्कका साथ अघि बढीरहेका छन् । यता इजरायलका रक्षामन्त्री मात्र सोमबार मात्र एक महिना लागोस् कि तीन महिना हमास निमिट्यान्न नभएसम्म युद्ध नरोकिने चेतावनी दिएका छन् । हवाई आक्रमणबाट अनाथ मानिसको ज्यान गएकोले आलोचना खेपेको इजरायल अब स्थलगत आक्रमणमा उक्रिने भएको छ ।

अहिले इजरायलले दक्षिण पट्टीबाट हमासको आक्रमण, उत्तरपट्टीबाट लेबनानको एन्टी मिसाइलको सामना गरिरहेको छ भने हज्बुल्लाहले प्रत्येक रात रकेट इजरायमा प्रहार गरिरहेको छ । गाजा क्षेत्रको अस्पतालमा ५ सय जनाको नरसंहारको बदला लिएरै छाड्ने चुनौति इजरायललाई दिइरहेको छ । हज्बुल्लाहको २ लाख ६५ हजार लडाकुको सामना गर्नुपर्ने छ भने हमासको २५ हजार खतरनाक लडाकुको सामना गर्नुपर्ने छ । मुस्लिम सेनाहरु एक ढिक्का भएर एकैपटक हमला गरे भने इजरायल क्षण भरमै समाप्त हुने विश्लेषण गरिएको छ ।

यता विद्रोही हमासलाई रुसले समेत रकेट डे«ान एन्टि मिसाइल पठाएर शक्ति प्रदान गरिरहेको छ भने इरानले सशक्त मिसाइलसहित हमासलाई हतियार उत्पादन गर्ने बारुद समेत पठाइरहेको छ । हज्बुल्लाहले आफ्नै झण्डै ४५ हजार गुरिल्ला समेत इजरायलत तर्फ तेस्र्राएको छ । अहिले इजरायलले जुनसुकै हालतमा युद्धको सामना गर्ने र पछि नहट्ने संकेत गर्दै उनका रक्षामन्त्रीले स्थलगत आक्रमणको समेत अनुमति दिइसकेका छन् । अहिले इजरायली सेना, इरान, लेबनान, सिरिया, साउदी अरब, जोर्डन, मिस् युद्धको तयारीमा लागिरहेको छ ।

विश्वका ५७ औ मुस्लिम देशहरुलाई हमासले एक ढिक्का बनाउन खोजिरहँदा अमेरिकाको बलमा फुटाउन सफल भएको इजरायल २२ मुस्लिम देशहरुको भने सामना गर्नुपर्ने अवस्थामा छ । अझै पनि धेरै मस्लिम राष्ट्रहरु हमासको पक्ष नलिएका कारण इजरायललाई केही राहत मिलेको छ । झण्डै एक लाख ७३ हजार सेनालाई युद्धमा होमाएका इजरायलका प्रधानमन्त्री रक्षामन्त्री जस्ता अग्र मोर्चाका राजनीतिक नेतृत्व ने ज्यानको प्रवाह नगरि हमासविरुद्ध युद्धमा होमिएका छन् । र से्नालाई उच्च मनोबल दिइरहेका छन् । गाजाको अस्पतालमा पाँच सय जनाको नरसंहार हमलाको दोष हमासलाई लगाएको इजरायलले हमासका केही कमाण्डरहरु नै मार्न सफल भएको छ ।

एन्टिटेंक गाइडिङ मिसाइलका प्रमुख मोहमद अब्दुल्लाह इजरायली मिसाइलमा मारिए । १४ अक्टोबरमै हमासका दुई हवाई कमाण्डर समेत मारेको इजरायलको दाबी छ । इजरायलको इन्ट्रनल डिफेन्स फोर्स (आइडियफ) का अनुसार हमासका टप कमाण्डर विलाल अल कद्राअ मारिएको् दाबी छ । त्यसैगरि १७ अक्टोबरमा अल कादीभी एयरफोर्स हाई कमाण्डका मुराद अल मुराद जस्ता कमाण्डरहरु समेत मारेको इजरायली आइडियफको दाबी छ । हमासको ३६२ किलो मिटरमा फैलिएको गाजामा यतिबेला इजरायलका सेना स्थलगत र हवाई आक्रमण मात्र गरिरहेका छैनन् की घर–घर र सुरुङ–सुरुङ पसिरहेका छन् ।

हमासले बनाएको गाजाको ५ सय किलो मिटर लामो सुरुङमा आक्रमण गर्ने मिसाइलको समेत तयारी इजरायले गरेको छ भने सुरुङमार्गमा लड्न उसले छुट्टै फोर्स निर्माण गरेको छ । ९० किलो मिटर भन्दा बढि सुरुङमार्ग धवस्त गरेको आइडिएफको दाबी छ । उसले दैनीक ३० भन्दा बढी हमासको पोष्टहरु ध्वस्त पारेको समेत दाबी गरेको छ । विश्व नै हतियारको होडबाजीमा लागिरहेका बेला गाजाको मानवीय नरसंहारको विरोधमा विभिन्न राष्ट्रहरु बोलेपछि अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहूले गाजामा राहतलाई निरन्तरता दिने सहमति गरेका छन् भने चीनले गाजाको हमलालाई लिएर फेरि पनि कडा आपत्ति जनाएको छ ।