विदेश

गाजा सकस, एकैदिन ४ सय बढी मारिए, युद्ध नरोके इजरायमाथि नै आक्रमण


काठमाडौँ — इरानले इजरायल र अमेरिकालाई गाजापट्टी क्षेत्रमा गरेको आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहनले गाजा क्षेत्रमा भइरहेको सैन्य कारवाही रोक्न र नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताएका हुन् । अक्टोबर ७ मा युद्ध छेडिएको इजरायल र प्यालेस्टिनी विद्रोही हमास समुहबीच जारी युद्ध १७ औं दिन पनि जारी नै छ । यो युद्धले झनै समस्याको बाटो लम्किने संकेत देखाएको छ ।

पछिल्लो समय इजरायले गाजा क्षेत्रमा आक्रमण तिव्र पारिरहँदा इरानले भने गाजामा हमला नरोके मध्यपूर्व नियन्त्रण बाहिर जान सक्ने इरानले चेतावनी दिएका छन् । इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहन हुसैनले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह समेत गरेका छन् । गाजा क्षेत्रमा हमला नरोके मध्यपूर्व नियन्त्रण बाहिर जाने इरानको चेतावनीमा इजरायललाई सैन्य सहयोग गरेकोमा अमेरिका पनि दोषी रहेको बताएका छन् ।

म अमेरिका र यसको प्रोक्सी इजरायललाई चेतावनी दिन्छु कि यदि उनीहरूले गाजामा मानवता विरुद्धको अपराध र नरसंहार तुरुन्तै बन्द गरेनन् भने, जुनसुकै बेला जे पनि सम्भव छ र क्षेत्र नियन्त्रण बाहिर जानेछ । यो क्षेत्र र युद्धको वकालत गर्नेहरू दुबैका लागि नतिजा गम्भीर तीतो हुन सक्छ र दूरगामी असर हुन सक्छ । यता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि इजरायल–हमास युद्धमा आफ्नो सेनालाई निशाना बनाइएमा वासिंगटनले बदला लिने बताएका छन् । मध्यपूर्वमा द्वन्द्व फैलिने सम्भावना बढ्दै गएका बेला अमेरिकाले यस्तो चेतावनी दिएको हो ।

ब्लिन्केनले इरानका प्रोक्सीहरूको संलग्नताबाट युद्ध बढ्नसक्ने बताएका छन् । अमेरिकाले इजरायललाई समर्थन गर्दै यस क्षेत्रमा अमेरिकी रक्षा उपस्थिति बढाउन मध्यपूर्वमा सैन्य स्रोत बढाउने योजना घोषणा गरेको छ । त्यस्तै इजरायलका प्रधानमन्त्रीले हिजबुल्लाहलाई युद्धमा नआउन चेतावनी दिएका छन् । हिजबुल्लाहले आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गर्दैछ । र हामी उनीहरूलाई अकल्पनीय शक्तिले प्रहार गर्नेछौं । यसको अर्थ उनीहरू र लेबनान राज्यको लागि विनाश हुनेछ उनले भने । यता हिजबुल्लाहले इजरायलविरुद्ध लड्न पूर्ण रूपमा तयार रहेको घोषणा गरेको छ ।

इरानले दुई साताअघि इजरायलमा आक्रमण गर्ने हमास र लेबनानको हिजबुल्लाह दुवैलाई समर्थन गर्छ । आईतबार मात्रै गाजामा इजरायली आक्रमणमा एकै दिन ४०० जनाको मृत्यु भएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार गाजामा इजरायली हवाई आक्रमणबाट करिब ४०० प्यालेस्टाइनीको मृत्यु भएको थियो । अक्टोबर ७ मा युद्ध छेडिएको इजरायल र प्यालेस्टिनी विद्रोही हमास समुहबीच जारी युद्ध भईरहदा शक्ति राष्ट्र अमेरिका र इरानको भने सित युद्ध सुरु भएको छ ।