Breaking

घरेलु मैदानमा युएईमाथि नेपालको जित, आशिफ खेलका नायक, कप्तान रोहितको बलियो साथ


काठमाडौँ — काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले यूएईलाई हराएको छ । सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको हो । घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले अपराजित हुँदै फाइनलको यात्रा तय गरेको छ ।

नेपालले लिग चरणका चारै वटा खेलमा जित निकाल्दै फाइनल पुगेको हो । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले यूएईलाई हराएको छ । सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको हो । मूलपानी क्रिकेट मैदानमा जितका लागि १ सय ६५ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर विजयी रन बटुल्यो ।

सिरिजको फाइनल पुगेको नेपालले लिग चरणका चारै वटा खेलमा जित निकाल्न सफल भएको छ । सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई आशिफले कप्तान रोहित कुमार पौडेलसँग मिलेर उकासेका थिए । आसिफले ६२ रन बनाए । रोहित ४७ रनको योगदान गरे ।

यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । वृत्त्या अरविन्द र बासिल हमिदले समान ४५ रन बनाएको इनिङ्समा असिफ खानले १८ रन बनाएका थिए । खालिद साहले १२ रन बनाए ।

अन्यको दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका सोमपाल कामी र रविनाश बोहराले समान २ तथा करन केसी र गल्सन झाले समान १ विकेट झारेका थिए । यो जितपछि त्रिकोणात्मक ट्वान्टी २० सिरिज नेपालले फाइनल प्रतिद्वन्द्वीका लागि कुर्नुपर्ने भएको छ । अब बुधबार यूएई र हङकङबीच लिग चरणको अन्तिम खेल हुनेछ र त्यसको विजेताले फाइनलमा नेपालको सामना गर्नेछ । नेपाल लिग चरणमा चारवटै खेलमा विजयी रह्यो । यूएईको एक जित रहेको छ र उसको फाइनल सम्भावना बलियो छ । हङकङ भने अंक विहीन छ ।