Breaking

ओली–प्रचण्डको भिडन्तले फुट्यो एनआरएनए, झाँक्री सत्य सावित, सोल्टीको भाँडभैलो अन्तर्राष्ट्रिय लज्जा


a

काठमााडौँ — यो वर्ष पनि कही नभएको जात्रा एनआरएनएको चुनावी प्रक्रियामा देखियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशामा मतपरिणामलाई लिएर असन्तुष्ट पक्षले छुट्टै कमिटी घोषणा गर्दा उनीहरुमा राजनीतिक रंग छल्कियो । विदेशी भूमीमा बसेर नेपालका नेताहरुलाई राजनीतिक संस्कार सिकाउने उनीहरु स्वयं आफूहरु नै संकारी बन्न नसक्दा उनीहरुमाथि प्रश्न उठेको छ । गैरआवासीय नेपालीहरुका लागि नेपालमा राजनीतिक अधिकार छैन । तर उनीहरुले ११ औँ महाधिवेशनमा देखाएको गतिविधि राजनीतिप्रेरित भएको प्रष्ट देखियो ।

चुनावमा होमिनुअघि नै राजनीतिक गन्ध आएको एनआरएनएको महाधिवेशनले नेतृत्व चयनको क्रममा भाँडभैलो सहनुपर्यो । राष्ट्रिय राजनीतिमा देखिएको गठबन्धनभित्रको टकराव एनआरएनएको निर्वाचनमा पनि देखियो ।गठबधन बनाएरै सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका दुई निकट प्रतिष्पर्धी एनआरएनएको चुनावी मैदानमा होमिदा राजनीतिक खुलेआम राजनीतिक रंग पोखिएको हो ।

प्रतिष्पर्धी एमाले निकट बद्री केसीएनआरएनएको नयाँ नेतृत्वमा विजयी हुँदा माओवादी केन्द निकट राजेन्द्र कुमार शर्मा पराजित भए । अनलाइन भोटिङको मतपरिणामलाई लिएर बबण्डरमच्चाएका पराजित शर्माले निर्वाचन धाँधलीपूर्ण भएकोे भन्दै असन्तुष्टि मात्रै जनाएनन्, अर्कै कमिटी नै गठन गर्ने बाटो रोजे ।

शर्मा र केसीसँगै अध्यक्षमा कांग्रेस निकट महेश श्रेष्ठ पनि नेतृत्वका लागि चुनावी मैदानमा थिए । निर्वाचन समितिले केसीलाई विजयी घोषणा गरेसँगै हारेका दुई उम्मेदवार शर्मा र श्रेष्ठ उनीविरुद्ध एक ठाउँमा उभिए । असन्तुष्ट पक्षले विरोध जनाउँदै अर्को कमिटी गठन गर्दा प्रक्रियामार्फत निर्वाचित कार्यसमितिले भने शनिबार नै शपथग्रहण गरगे । उनीहरुले सपथग्रहणसँगै मत परिणामको बारेमा उब्जिएको प्रश्नको छानविन गर्न अन्तरराष्ट्रिय समिति बनाउने र त्यसका लागि पराजित भएका शर्मा र श्रेष्ठलाई पत्र पठाउने निर्णयसमेत गरे । सबै असन्तुष्ट पक्षलाई एक बनाएर अघि बढ्ने अध्यक्ष केसीको प्रतिबद्धता छ ।

एमाले निकट रहेका निर्वाचित केसीलाई गठबन्धन सरकारको परराष्ट्र मन्त्रालयलेसमेत मान्यता नदिएको भनेर विरोध भईरहेको छ । बरु, परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा.प्रकाशशरण महतले शर्मा आफैले घोषणा गरेको कार्यसमितिको टोलीलाई छुट्टाछुट्टै भेटेर बधाई दिन भ्याएका छन् ।

असन्तुष्ट समूहको दबाबमा प्रधानमन्त्री प्रचण्ड महाधिवेशन समापन कार्यक्रममा अनुपस्थित हुँदा अझैसम्म पनि कार्यक्रम समापन हुन सकेको छैन । गठबन्धननिकट भएकाले पराजित शर्माको कार्यसमितिलाई सरकारको सहानूभूति भएको हुँदा आफूहरुले नै मान्यता पाउनेमाउनीहरु आशावादी छन् । अधिवेशन अघि नै राजनीतिक आधार बनाएर मैदानमा होमिएको एनआरएनमा पनि गठबन्धनको गन्धले फुट ल्याएको छ ।