Breaking

ईजरायल बन्यो थप आक्रामक, सेना पस्यो गाजा क्षेत्र, आतंकबादी गुहार्दै हमास


काठमाडौँ — इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी राखेको हवाई आक्रमण अझै बढाउने घोषणा गरेको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले गाजामा आफ्नो आक्रमणलाई अझ भिषण पार्ने चेतावनी दिएका हुन् । अक्टोबर ७ मा युद्ध छेडिएको इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच जारी युद्ध १५ औं दिनसम्म आईपुग्दा पनि तनाव नै छ ।

झनै समस्याको बाटो लम्किदै गरेको यो आन्दोलन रोकिने कुनै छाँटकाँट भने देखिदैन । पुरानो हुँदै गएको यो दुई देशबीचको द्वन्द्व पछिल्लो पटक झनै इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण अझै बढाउने घोषणा गरेको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले गाजामा आफ्नो आक्रमणलाई अझ भिषण पार्ने चेतावनी दिएका हुन् ।

यसले युद्धको अर्को चरणमा इजरायली सेनाहरूलाई जोखिम कम गर्ने उनको दावी छ । हगारीले गाजा सहरका बासिन्दाहरूलाई यस क्षेत्रको दक्षिणतिर सर्न उर्दी समेत जारी गरेका छन् । त्यसो नगरे उनीहरुको जिवनको रक्षा गर्न नसकिने उनको चेतावनी छ । यता इजरायल र प्यालेस्टाइनबीचको लडाइँबाट अति प्रभावित गाजा क्षेत्रमा पहिलो पटक राहत सामग्री पु¥याइएको छ । इजिप्टसँग जोडिएको सीमा नाका रफाहबाट २० ट्रक राहत सामग्री गाजामा पु¥याइएको हो । एउटा ट्रकमा मृतकलाई राखिने कफिनमात्र रहेको अन्तराष्ट्र सञ्चारमाध्यमले जनाएको छ ।

यसैगरी घाइतेहरूका लागि पोर्टेबल ट्रमा ब्याग, औषधि र अन्य अत्यावश्यक सामग्री पनि रहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल भ्रमण गर्दा राहत सामग्री पु¥याउनका लागि इजिप्टसँग जोडिएको सीमा नाका खोल्न दिन आग्रह गरेका थिए । सोही आग्रह बमोजिम इजरायलले उक्त सीमा नाका खुला गरेको हो । रफाह नाकाबाट राहत सामग्री गाजामा पुगेको र अब सोही नाकाबाट विदेशी नागरिकहरु बाहिर निस्किन पाउने प्रतिक्षा गरिएको उल्लेख गरेको छ । गाजा क्षेत्रमा अहिलेसम्म ४ हजार ३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृतकमध्ये १ हजार ७५६ जना बालबालिकाहरू छन् । यसैबीच इजिप्टको राजधानी कायरोमा इजरायल–प्यालेस्टाइन युद्ध रोक्नका लागि शान्ति सम्मेलन भइरहेको छ । सम्मेलनमा जोर्डन, कतार, इटली, स्पेन, युरोपेली संघ र बेलायतका प्रतिनिधिहरु सहभागी छन् । अमेरिका, इजरायल र इरान भने सम्मेलनमा सहभागी छैनन् । सम्मेलनमा सहभागी प्यालेस्टाइन नेता महमुद अब्बासले आफूहरुले आफ्नो भूमि नछोड्ने अडान लिएका छन् । यो अडानले दुई देशबीचको युद्ध अझै लम्बिने सम्भावना छ ।