Breaking

भुकम्पको फेरि बढ्यो त्रास, दशैं मान्न ठिक्क भएकाहरुको बिचल्ली, किन आईरहेको छ पटक–पटक भूकम्प ?


काठमाडौँ — आइतवार विहान ६ दशमलव १ म्याग्निच्युडको भुकम्प गएको धादिङमा आइतवार एकैदिन झन्डै डेढसय परकम्प गएको छ । एकाविहानैको शक्तिशाली भुकम्प र लगातारको परकम्पका कारण सर्वसाधरण त्रसित छन् । चाडपर्वको मुखमा धादिङका स्थानीय भुकम्पको पीडामा परेका छन । आइतवार विहानको भुकम्पसँगै धादिङका बासिन्दा त्रसित छन । लगातारको परकम्पका कारण प्रभावित क्षेत्रका स्थानीय घर बाहिरै बसिरहेका छन् ।

चाडपर्वको मुखैमा भूकम्पको धक्काले स्थानीयवासीन्दालाई डरले भर गरेको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ ज्वालमुखी गाउँपालिका ५ खरी केन्द्रविन्दु भएर ६ दशमलव १ म्याग्निच्युडको धक्का महसुस भयो । यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रको दाबी छ । विहान गएको भुकम्पको परकम्प अझै रोकिएको छैन । आइतवार एकैदिन झन्डै डेढसय परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जसमा चार म्याग्निच्युडदेखि माथिका चार धक्का र साना–ठुला सबै गरी साँझ पाँच बजेसम्म १ सय २३ वटा धक्का भुकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पमा हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर लगातारको परकम्पले स्थानीय त्रसित बनेका छन । भुकम्पले धादिङ कुमालटारीमा २० वटा घर भत्किएको र ७५ घर चर्किएको जनाएको छ । विहानदेखिको धक्काले ठाउँठाउँमा पहिरो पनि गईरहेको छ ।

प्रभावित क्षेत्रको अवस्था बुझ्न स्थानीय सरकार र जनप्रतिनिधिहरु प्रभावित क्षेत्रमा पुगिसकेका छन । सुदुरपश्चिमको बझाङमा गएको ६ दशमलव ३ म्याग्निच्युडको भुकम्प गएको तीन सातापछि धादिङ केन्द्रबिन्दु भएर अर्को ठूलो धक्का दिएको हो । बझाङ भुकम्प पीडितको उद्धार र राहत व्यवस्थापनमा आलोचनाको केन्द्रमा परेको केन्द्रिय सरकारलाई धादिङमा गएको भुकम्पले अर्को झट्का दिएको छ । प्राकृतिक विपत्तिको व्यवस्थापनमा पूर्वतयारी नगर्ने सरकार धादिङका भुकम्प पीडितका विषयमा पनि मौन नै छ ।