विदेश

हमासपछि ईजरायलमाथि खनियो हिजबुल्लाह समूह, बाईडेनको यात्राले लियो अर्को मोड


काठमाडौँ — हिजबुल्लाहले लेबनानबाट इजरायलको किबुत्ज यिफ्ताह क्षेत्रतर्फ रकेट आक्रमण सुरु गरेको छ । हिजबुल्लाह लेबनानको एक राजनीतिक पार्टी एवं लडाकु समूह हो । अमेरिकाको राष्ट्रपतिको भ्रमण पछि हिजबुल्लाहले इजरायमाथी आक्रमण सुरु गरेको हो । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच जारी युद्धले डरलाग्दो रूप लिँदैछ । इजरायल र हमासबीचको जारी युद्धको १५ औं दिनसम्म आईपुग्दा पनि तनाव नै छ । युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ । इजरायलको आक्रमणले गाजाको अधिकांश क्षेत्र खण्डहरमा परिणत भएको छ ।

अक्टोबर ७ मा युद्ध छेडिएको केही दिनमै अमेरिकाले इजरायललाई सामुद्रिक एयरक्राफ्ट लगायत युद्धमा आवश्यक सामग्री सहयोग गरेको थियो । बुधबारको भेटमा पनि बाइडेनले नेतान्याहुलाई भरपुर सहयोग गर्ने आश्वासन दिएका छन् । उता संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा बुधबार नै पेश भएको गाजालाई मानवीय सहायता प्रदान गर्ने प्रस्तावमा निषेधाधिकार (भीटो) प्रयोग गर्दै अमेरिकाले असहमति प्रकट गरेको छ । नेतान्याहुलाई सहयोगको थप भरोसा दिलाउन र सम्भव भएसम्म इजरायल र हमासबीच मध्यस्थता गर्ने उद्देश्यका साथ बाइडेन इजरायल पुगेका थिए।

तर अस्पतालमा भएको विस्फोटपछि इस्लामिक देशहरू उनीसँग बिच्किएका छन्। यही हप्ता जोर्डनमा हुने अरब राष्ट्रहरूसँगको महत्वपूर्ण बैठक पनि रद्द भएको छ । संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रस जस्ता मानवअधिकारका लागि काम गर्ने संस्थासहित धेरै देशले यसप्रति कडा प्रतिक्रिया दिइरहेका छन् । विश्वका धेरै शहरमा यस विषयमा विरोध प्रदर्शन पनि भइरहेका छन् ।

लेबनानको विद्रोही सशस्त्र संगठन हिज्बुल्लाहले इजरायलमा आक्रमण गर्न शुरू गरिसकेको छ । लेबनानबाट इजरायलको विभिन्न क्षेत्रतर्फ रकेट आक्रमण सुरु गरेको छ । हिजबुल्लाह लेबनानको एक राजनीतिक पार्टी एवं लडाकु समूह हो । इजरायली सेनाले हुला, हुनिन, मारुन, अल रास, अल धाहिरा र अल बुस्तानको बाहिरी क्षेत्रमा आक्रमण गरेको बताइएको छ । आन्तरिक सुरक्षा बलको चौकीलाई समेत निसाना बनाएर आक्रमण गरिएको छ । इजरायलले पनि प्रत्याक्रमण गर्दा दुई देशको सीमानामा बारुदको धुवाँ मडारिइरहेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संसदमा बोल्दै इरान र हिजबुल्लाहलाई चेतावनी दिँदै उनले गएको सोमबार संसदमा भनेका थिए– ‘हाम्रो परीक्षा लिन नखोज, तिमीहरूलाई गम्भीर चोट पुग्नेछ ।

यता इरानको सरकारी समाचार सेवा प्रेस टिभीका अनुसार इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खोमेनीले इजरायलले आक्रमण जारी राखे मुस्लिमहरूलाई कसैले रोक्न नसक्ने बताएका छन् । इजरायल–हमास द्वन्द्व शुरू भएदेखि नै इरानले हमासलाई खुलेर समर्थन गर्दै आएको छ । इरानी विदेशमन्त्रीले सिरिया, इराक, लेबनान र कतारको भ्रमण गरी त्यहाँका शीर्ष नेताहरूसँग भेट गरेका छन् ।

इजरायल–हमास द्वन्द्व शुरू भएदेखि नै इरानले हमासलाई खुलेर समर्थन गर्दै आएको छ । इरानी विदेशमन्त्रीले सिरिया, इराक, लेबनान र कतारको भ्रमण गरी यहाँका शीर्ष नेताहरूसँग भेट गरेका छन् । एक पछि अर्को देशले यसैगरी एक अर्कामाथी आक्रमण गर्ने हो भने तेस्रो विश्व युद्ध निम्तिने प्रवल सम्भावना देखिदै गएको छ ।