Breaking

सरकारलाई राप्रपा सांसद जबराको आग्रहः अविलम्व जनताप्रति सचेत र सजग होउ


काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै उहाँले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताउनुभएको हो । उहाँले नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि यो सरकारले किन दिन सक्दैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले दशैँ, तिहार र छठ पर्वको बेलामा अविलम्व नेपाली जनताप्रति सजग र सचेत हुन आग्रह गर्नुभयो । सांसद जबराले दशैँको बेलामा नेपाली जनतालाई चैन दिन भन्दै उहाँले नेपाली जनता सरकारबाट सुख खोजिरहेको बताउनु भयो ।