Breaking

हमास लडाकुमाथि गरिरहेको सैन्य कारबाहीको विरोधमा काठमाडौँमा प्रदर्शन


काठमाडौँ — इजरायलले प्यालेस्टाइनमा हमास लडाकुमाथि गरिरहेको सैन्य कारबाहीको विरोधमा नागरिक आन्दोलनले काठमाडौं प्रदर्शन गरेको छ । नागरिक आन्दोलनले नेपालका लागि इजरायली दूतावास कार्यालयअघि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देउलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । नागरिकको आन्दोलनको प्रदर्शनमा पूर्वप्रधामन्त्री डा। बाबुराम भट्टराईसमेत सहभागी थिए ।