विदेश

अमेरिका र बेलायतको साथले हौसियो इजरायल, के छ हमासको तयारी ? गाजा क्षेत्रमा अमेरिकी घोषणा


काठमाडौँ — इजरायलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल यात्रामा छन् । यात्राकै क्रममा अमेरिकी अर्थ मन्त्रालयले हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । इजरायल र हमासबीचको जारी युद्ध १३ औं दिन पनि जारि नै छ । युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ ।

गाजामा समस्या गहिरिँदै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल यात्रामा छन् । उनि इजरायलमै रहेको बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जारी गरेको वक्तव्यमा भनिएको छ बालबालिकासहित इजरायली नागरिकको निर्मम र अकल्पनीय नरसंहारपछि अमेरिकाले हमासका वित्तदाता र सहजकर्तालाई लक्षित गर्न तीव्र र निर्णायक कदम चालिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने क्रममा उक्त प्रतिबन्ध लगाइएको हो । हमासले ज्यादती’ गर्नका लागि आर्थिक सहयोग जुटाउने क्षमताबाट बञ्चित गर्न वासिङ्टनले आवश्यक सबै कदम चाल्ने बताए ।

अमेरिकाले यसअघि पनि हमासलाई आतंकवादी संगठन घोषणा गरिसकेको छ । इजरायल पुगेको बाइडेनले गाजामा सर्वसाधारणको मृत्यु हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन् । तेल अभिभमा नेतन्याहूको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने, आफ्ना जनताको रक्षाका लागि काम गर्नका लागि हामी इजरायललाई सहयोग जारी राख्नेछौं ।

हामी निर्दोष नागरिकहरूलाई थप त्रासदी रोक्नका लागि तपाईं र यस क्षेत्रका साझेदारहरूसँग काम जारी राख्नेछौं ।
भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सर्वसाधारणको मृत्यु टार्ने प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । अक्टोबर ७ मा इजरायलभित्र घातक आक्रमण गर्ने र गाजा पट्टीलाई नियन्त्रण गर्ने क्रममा हमासले जानीजानी सर्वसाधारणलाई गरेको र निशाना नजिक पु¥याएको आरोप लगाएका छन् । नेतान्याहूले बाइडेनसँग भने इजरायलले युद्धमा नागरिकहरूलाई हानिको अवस्थाबाट टाढा राख्न सक्दो प्रयास गर्नेछौँ ।

हामीले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छौं र हामी उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिरहनेछौं । बाइडेन भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको मृत्यु भएको थियो । प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा मंगलबार राति भएको रकेट आक्रमणको विश्वभर निन्दा भएको छ  । संयुक्त राष्ट्रसंघ, रेडक्रसजस्ता मानवअधिकारको क्षेत्रमा काम गर्ने संगठनसँगै थुप्रै देशले उक्त घटनाको विरोध गरेका हुन् ।

यता इजरायलले भने इस्लामिक जिहादका लडाकूहरूले नै हानेको क्षेप्यास्त्र गलत निशानामा पर्दा अस्पतालमा ठूलो हताहत भएको दावी गरेको छ । यसरी आक्रमक बनिरहेको युद्ध कुन अबस्थमा गएर रोकिने हो अहिले नै भन्न सकिने अबस्था छैन ।