Breaking

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई ह्दयाघात


काठमाडौँ – चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्दयाघात भएको छ ।

बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन चीन गएका मन्त्री श्रेष्ठको स्वास्थ्यमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति साढे १ बजे बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको छ । ​

चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको रिपोर्ट आएको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि अस्पताल भर्ना गरिएको थियो। हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ। सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् । उनी गत असोज २९ गते चीन गएका थिए।