समाचार

मंसिर ७ बाट २० औं हस्तकला व्यापार मेला हुने


काठमाडौँ– २० औं हस्तकला व्यापार मेला तथा १८ औं अस्तकला प्रतियोगिता हुने भएको छ । बुधवार यसबारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । मेला आगामी मंसिर ७ गतेदेखि ११ गतेसम्म काठमाडौंको होटल अन्नपूर्णमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले प्रतियोगिता राखिएको बताउनु भयो ।

मेलामा हस्तकलाका वस्तुहरुको करिव १५० वटा स्टलहरु रहने बताउनु भयो । मेलामा रहने स्टलहरु मध्येबाट उत्कष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ बताउनु भयो । प्रदर्शनीकर्तामा भारत, चीन, पाकिस्तान, बंगलादेश आदि देशका व्यापारीहरुको सहभागिता रहने बताइएको छ । व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र वस्तुगत संघहरु समेतको सहभागिता रहनेछन् । प्रदर्शनीमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिनेछन् ।