Breaking

खसीबोका र च्याङ्ग्रा बिक्री शुरु

जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० र जिउँदो च्याङ्ग्राको १२ सय ५० रुपैयाँ


काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलवारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न शुरु गरेको छ । व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमवार काठमाडौंमा ल्याएसँगै मंगलवारदेखि सहुलियत मूल्यमा बिक्री शुरु गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री गर्न लागेको बताउनु भयो । उहाँले यो वर्ष ढुवानी भाडा महँगो भएपनि मूल्य वृद्धि नगरिएको बताउनु भयो । उहाँले विगतको वर्षको जस्तै प्रतिकिलो जिउँदो खसीबोका र च्याँग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको बताउनु भयो ।

उहाँले कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको बताउनु भयो । उहाँले खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्गा ल्याएको बताउनु भयो । उहाँले खाद्यले ल्याएका खसीबोका स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले स्वस्थ रहेको बताउनु भयो । प्रमुख कार्यकारी अधिकृत चन्दले यो वर्ष हेटाँैडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको बताउनु भयो । उहाँले सरकारले बजारको मागलाई पूरा गर्न भन्दा पनि बजार मूल्यवृद्धि हुन नदिनको लागि आफैँ खसी बोका खरिद गरेर बिक्री वितरण गरिएको बताउन भयो। उहाँले दशैंमा सबै खसीबोका र च्याङग्रा बिक्री नभए निरन्तर बिक्री गरिरहने बताउनु भयो ।