कचठमाडौँ — नेपाल र उत्तरी छिमेकी चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ विआरआई परियोजना कार्यन्वयन सम्झौता भएको सात वर्ष वित्यो । नेपाललाई भुपरिवेष्ठित मुलुकबाट भुजडित राष्ट्र बनाउने सपना सहित सम्झौता भएको विआरआई राजनीतिक दाउपेच र कुटनीतिक कमजोरीका कारण बर्षौदेखि विथोलिरहेको छ । मंगलबार र बुधवार अर्थात अक्टोबर १७ र १८ मा चीनको बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्राष्ट्रिय सहकार्य सम्मेलन हुँदैछ ।
तेस्रो बीआरआई फोरम फर इन्टरनेशलन कोअपरेशन ‘हाई क्वालिटी बीआरआई कोअपरेशनः टुगेदर फर कमन डेभ्प्लमेन्ट एण्ड प्रस्परेटी’ नारा सहित हुन लागेको बीआरआई सम्मेलनमा सहभागी हुन सोमवार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सात सदस्यीय टोली बेइजिङ प्रस्थान गरेका छन । पूर्व प्रधानमन्त्री एवंम नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आइतबार नै चीन गईसकेका छन ।
रविलक्ष्मी चित्रकार र प्राध्यापक डाक्टर युवराज संग्रौला झलनाथ खनालसँगै चीन गएका छन । नेपालको तर्फबाट विआरआईको सहभागी सूचिमा केहि कम्युनिष्ट नेता र अमेरिकी सहयोग परियोजना एमसीसीको कटु आलोचकहरुले विआरआई फोरममा सहभागी साथै सम्बोधन समेत गर्दैछन । आन्तरिक राजनीतिक खिचातानीले विआरआई अन्तर्गत छनौट भएको परियोजनाहरु समेत अलपत्र छन ।
राजनीतिक दाउपेचमै आन्तरिक सहमति नजुट्दा भर्खरै भएको प्रधानमन्त्रीस्तरीय भ्रमणमा विआरआई परियोजना प्राथमिकतामा पर्न सकेन । मंगलबार र बुधवार हुने विआरआई फोरममा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणताका भएका विषयहरुमा थप प्रतिवद्धता र विआरआईमा नपालको सहभागीतावारे थप विश्वास दिलाउन महत्वपूर्ण हुने सत्तारुढ दलका नेताहरुको दावी छ । विआरआई अन्तर्गत परियोजनाबारे थप छलफल र प्रतिवद्धता जनाउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने नेताहरुको सुझाव छ ।
नेपालले सन् २०१७ मा बीआरआई परियोजनामा सहभागी हुने सहमति गरेको थियो । तर, हालसम्म पनि बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन शुन्य प्रय छ । विशेषगरी पूर्वधार विकासमा महत्वपूर्ण मानिएको विआरआई योजना कार्यन्वयनमा चौतर्फी दवाव छ । विज्ञहरुले यथासक्य विआरआई कार्यन्वयन अगाडि बढ्नुपर्नेमा जोड दिँदै आएका छन ।
नेपाल–चीनबीच पटक पटक भएको उच्चस्तरीय भ्रमणहरुमा विआरआईको कार्यन्वयनमा ध्यानकर्षण भए पनि राजनीतिक दलहरु नै विआरआई अन्तर्गतको परियोजनाहरुवारे अन्योलता, क्रृण वा अनुदान जस्ता विषयहरु स्पष्ट नहुँदा आन्तरिक रुपमा अझै सहमति हुन सकेको छैन । बीआरआई एसिया, मध्यपूर्व र युरोपलाई चीनसँग जोड्नको लागि अघि सारिएको चीनको महत्त्वाकांक्षी बहुआयामिक परियोजना मानिन्छ । विआरआई परियाजनाले विश्वको ६० प्रतिशत जनसंख्यालाई प्रभाव पार्ने चीनको दाबी छ ।
प्रतिक्रिया