Breaking

दशैँ मनाउन तीन दिनमा १ लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिए


काठमाडौँ– दशैँ मनाउन तीन दिनमा १ लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दशैँ मनाउन यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन दिनमा १ लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताएको छ ।