Breaking

इजरायल आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी


काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताउनु भयो ।

उहाँले मृतक अन्य ५ को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताउनु भयो । उहाँले अज्ञात विपिन जोशीको भने खोजि भइरहेको बताउनु भयो । हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरुसँग समन्वय गरेर खोजि भइरहेको बताउनु भयो । उहाँले सरकारले बेपत्ताको खोजि कार्यलाई तिब्र बनाएको बताउनु भयो ।