Breaking

इजरायली प्रधामन्त्री सेनासँगै गाजामा, युद्धमा चीन मिसियो, पुटीन ताते, बाहिरियो कमाण्डरको गोप्य भिडियो


काठमाडौँ– इजरायलमाथि एकाएक आक्रमण गरेको प्यालेस्टाइनी विद्रोही समुह हमासको पछाडी विश्वका शक्तिराष्टहरु उभिएकाछन् । अमेरिकाले इजरायललाई साथ दिदा इरान र चीन हमासलको पक्षमा देखिएकाछन्। यसले तत्काल युद्ध रोकिने भन्दा थप उत्कर्षमा पुग्ने संकेत गरेको छ । जल जमिन र आकासबाट इजरायलमा माथि रकेट बर्षाएको हमासको शक्तिका पछाडी को भन्ने चर्चाकाबीच इरानका विदेश मन्त्री र हमासका नेताबीचको गोप्य भेट सार्वजनिक भएको छ ।

हमासका नेता इस्माइल हानियाले कतारमा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसँग भेट गरेको खबर बाहीरिएको हो । समाचार एजेन्सी रोयटर्समा प्रकाशित हमासको विज्ञप्तिअनुसार अमिर अब्दुल्लाहियान आफ्नो लक्ष्य हासिल गर्न समूहसँग सहकार्य जारी राख्न सहमत भएका छन्। कतारको दोहामा भेटवार्तामा अमिर अब्दुल्लाहियानले एक साताअघि इजरायलमा हमासले गरेको आक्रमणलाई ‘ऐतिहासिक विजय’ भन्दै प्रशंसा गरेका थिए । इरानको आधिकारिक समाचार एजेन्सी इरनाले पनि दुई नेताबीच भएको भेटको भिडिओ साझा गरेको छ।

एकाएक इजरायको सुरक्षा संयन्त्रलाइ चक्का दिदै भयानक आक्रमण गरेको हमास अहिलेसम्म इरानकै ताकतले वार लडिरहेको छ भन्ने यो भेटले पुष्टि गरेको छ । इजरायललाई युद्धबाटै पराजित गर्न हमासको पक्षमा इरान खुलेरै लागेसंगै यो युद्ध तत्काल रोकिने छाट देदिदैन । युद्धका महारथीहरु एकअर्काको पक्षमा खुलेरै लागेपछि यो अझै बढेर जाने पक्का भएको छ । इरानको सहयोगमा इजरायलमाथि एकै पटक पाँच हजार रकेट पड्काएको हमासमाथि निर्मम हुँदै इरायलले पनि जवाफी आक्रमण सुरु गरेको छ । इजरायलको पक्षमा अमेरिका उभिएको छ । विश्वका शक्ति राष्टहरुले एकले अर्कोलाई युद्धमा काध थापेपछि मथ्थर हुनुपर्ने युद्ध थप चर्किएर गएको छ ।

शक्तिराष्ट्र चीनले समेत इजरायलको निन्दा गरेको छ । इजरायल आत्मरक्षाको नाममा हमास माथि निर्मम रुपमा प्रस्तुत भएको भन्दै चीन प्यालेन्टाइनको पक्षमा उभिएको छ । चीनका विदेश मन्त्री वाङ यीले इजरायलले गाजाका बासिन्दालाई सामुहिक दण्ड दिन रोक्नु पर्ने बताएका छन् । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलाई फोन गरेर वाङ यीले गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको दाबी गरे । विश्वका दुई महारथी अमेरिका इजरायलको पक्षमा र चीन नजानिदो तबरले हमासलको पक्षमा देखिएपछि यो युद्ध थप छेडेने पक्का छ ।

चीनसमेत हमालेका पक्षमा उभिएपछि अमेरिका झस्किएको छ । चीनले हमासमाथिको हमाला रोक्नु पर्ने धारणा सार्वजनिक गरेकै बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन जाने भएकाछन । इजरायल हमास युद्ध उत्कर्षमा पुगेका बेला पुटिनको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । इजरायल र हमासबीच जारी युद्ध आज आठौँ दिनमा प्रवेश गरेको छ। हमासको आक्रमणमा १३ सय जनाको मृत्यु भएको छ भने धेरै इजरायली नागरिक हमासको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै इजरायली सेनाले गाजामा गरेको कारबाहीमा हालसम्म २२ सय जनाको मृत्यु भइसकेको छ ।