Breaking

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए सपथ, तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन


काठमाडौँ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङबाट आइतबार दिउँसो सपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल गठन गर्नुभएको हो । नेपाली कांग्रेस र एमालेबाट एक एक जनालाई मन्त्री बनाउँदै मुख्यमन्त्री कार्कीले सानो आकारको मुख्यमन्त्री बनाउनुभएको छ । आफ्नो शपथपछि मुख्यमन्त्री कार्कीले दुई मन्त्रीलाई पनि शपथ गराउनु भएको थियो । पहिलो चरण्मा कांग्रेसबाट शमशेर राई र एमालेबाट राम रानालाई मन्त्री बनाइएको छ । आइतबार बिहान काठमाडौंमा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर जानु भएका मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डलमा एमालेलाई सहभागी गराउनुभएको हो ।