Breaking

धादिङ्मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौँ– धादिङ्मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार उत्तरी धादिङ्को गंगाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा अनुरोध तामाङको मृत्यु भएको हो । धादिङ्बेसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नंम्बरको जीप आफै अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङ्का प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । दुर्घटनामा गंगाजमुना गाउँपालिका–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते हुनेमा ३५ वर्षीय आकाश तामाङ, २२ वर्षीय साजन तामाङ, ३५ वर्षीय अनुप तामाङसहित दुई बालक घाइते भएका छन् । घाइतेहरुको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय फुलखर्कका प्रहरी टोली र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए ।