काठमाडौँ — हिन्दु धर्मावलम्बीको महान् पर्व दशै आइतवारबाट सुरु हुँदैछ । दशै तिहार लगायत ठुला पर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्ने गर्छ । यो वर्षको दशैंमा पनि बजारमा चहलपहल बाक्लो छ, तर बढ्दो महंगिले उपभोक्ताको ढाड सेकिएको छ । दशै लक्षित दैनिक उपभोग्य वस्तुको किनमेल गर्नेहरुको भीड बाक्लिएको छ । दशैको संघारमा उपत्यकाको मुख्य बजार क्षेत्रमा लाग्ने भीडले चाडपर्वमा थप रौनकता थपेको छ ।
अनेक अफरसहित व्यापारीहरु व्यापारमा व्यस्त छन् । उपभोक्ता सामान किन्न बजारसम्म पुगिरहेका छन् । तथापी दशै–तिहारको पुर्वसन्ध्यामा बजारमा मानिसहरूको जति चहलपहल छ, अघिल्लो वर्षको तुलनामा व्यापार भने कम रहेको व्यापारीहरु बताउँछन् । अझै पुरानो अर्थतन्त्र लयमा फर्कन नसक्दा बजारमा व्यापार सोचेजस्तो हुन नसकेको उनीहरुको गुनासो छ ।
कोरोना महामारीसँगै सुस्ताएको अर्थतन्त्रले निम्तएको परिस्थितिले दुई वर्षदेखि बजार थलिएको छ । डामाडोल भएको अर्थतन्त्र सुधारिन नसक्दा बजार अझै उक्सिन सकिरहेको छैन । समग्र बजारको अवस्था र बजारभाउ सुनेर सर्वसाधरण अत्तालिने अवस्थामा छन् । खाद्यन्न, लत्ताकपडा सबैको मुल्य आकाशिएको उपभोक्तहरुको अनुभव छ ।
निरन्तर महंगि बढ्दै जाँदा त्यसको प्रभाव दशै बजार पनि पर्ने गरेको छ । नेपाली बजारमा सबैभन्दा बढी किनमेल र कारोबार हुने दशैं तिहार अगाडिको समयमा हो । दशैं र तिहारलाई लक्षित गरेर उपभोग्य वस्तु तथा सेवाको आयात ह्वातै बढ्ने गर्छ भने व्यवसायी कारोवारका लागि यहि मौकाको प्रतिक्षामा हुन्छन । सरकारी र नीजि क्षेत्रदेखि साना ठूला सबै व्यापारीले उपभोक्तालाई लक्षित गर्दै सुपथ मुल्य पसलदेखि स्टक क्लियर गर्न विभिन्न अफर ल्याएर ग्राहक आकर्षित गरिरहेका छन ।
प्रतिक्रिया