Breaking

मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन


काठमाडौँ– नेपालनागरिक उड्डयनप्राधिकरणले आजविहान हेलिकोप्टरदुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचनाजारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचनाजारी नहुँदासम्मनिलम्बनगरिएको जानकारी दिएको हो । मनाङ एयरको ९ एन–एएनजे कलसाइनभएको हेलिकप्टर ओखलढुंगाबाट रुम्जाटारबाट सोलुखुम्बु जाँदै गर्दा लोबुचे भन्ने ठाउँमादुर्घटनाभएको थियो ।

हाइअल्टिच्युडमा रहेका यात्रुउद्धार गर्न शनिबार विहान७ बजेर १३ मिनेटमाउडेको हेलिकप्टर दुर्घटनाहुँदापाइलटपिके सेढाइँघाइते हुनुभएको थियो ।यसअघिमनाङ एयरको नाइनएनएएमभीकलसाइनको हेलिकप्टर गएको असार २६ गते पनिदुर्घटनामा परेको थियो । तीनमहिनाको अवधिमादुई पटकदुर्घटनाभएको मनाङ एयरको हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको प्राधिकरणमुख्यालयका सूचनाअधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।मनाङ एयरसँग रहेको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछिहालऊसँग हेलिकप्टर नै बाँकी छैन । सूचनाअधिकारी भुलकाअनुसार मनाङ एयरले अर्को हेलिकप्टर ल्याएपनितत्कालउडान सञ्चालनगर्न पाउने छैन ।