काठमाडौँ — नेपाल सरकार र राजनीतिक नेतृत्व जनतासँग राष्ट्रवादको खोक्रो भाषाण शृङखला मञ्चनमा मस्त रहँदा छिमेकीले भूमि हत्याई सकेको पत्तो पाउँदैन्न् । अझ भनौ राजनीतिक नेतृत्व आफ्नो भूमी छिमेकीलाई सुम्पिने र चुच्चे नक्साको रटान लगाएर नागरिकलाई बेकुफ बनाउन तल्लिन छन । कुटनीतिक निरिहता र नेतृत्वको लम्पसारवाद प्रवृत्तिले एकातिर नेपाल–भारतबीचको सीमा समस्या झन झन विकराल बन्दै छ भने कतै भुमि नै गुमाउनु पर्ने त होइन भन्ने अर्को चिन्ता बढ्दो छ । सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणमा भारत र चीनबीच लिपुलेक नाकालाई व्यापार नाकाको रुपमा विकास गर्ने सम्झौतापछि नेपालको भु–भाग रहेको कालापानी लिपुलेक क्षेत्रमा सडक सञ्जाल निर्माण थालियो ।
नेपाली भूभागलाई भारत र चीन दुवैले नसोधी व्यापार सम्झौता मात्र गरेनन्, भारतले सन् २०१९ मा जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नोे भएको दावी ग¥यो । नेपालको संवेदनशीलतामाथि चालेको कदम विरुद्ध नेपालले दुवै मुलुकलाई प्रोटेष्ट नोट पठाए । सन् २०२० अर्थात २०७७ जेठ ७ गते कालापानी लिपुलेक क्षेत्र समेटेर चुच्चे नक्सा सार्वजनिक ग¥यो । सार्वभौम संसदबाट पारित गर्दै अद्यावधिक गरेको नक्सा औपचारिक रुपमा प्रयोगमा ल्याइयो । तर विडम्बना नेपालको नयाँ नक्सा आम नेपालीको मनोशान्ति र राजनीतिक नेतृत्वको राष्ट्रियताको विषय भन्दा माथी उठ्न सकेको छैन । नेपालको नयाँ नक्सालाई कसैले चिन्दैन र मान्दैनन् ।
पछिल्लो उदाहरण छिमेकी मुलुक चीनले जारी गरेको आफ्नो नयाँ मान चित्रमा नेपालको पुरानै नक्सा समावेश गरेको तथ्य काफि छ । तत्कालिन समयमा नै नेपालले जारी गरेको नयाँ नक्सालाई अस्वीकार गरेको, सुरक्षा संख्या बढाउँदै भारतीय सेनाको परेड थलो बनाएको कालापानी क्षेत्रमा विहिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफै पुगे । नेपालको नक्सामा समेटिएको गुञ्जी र कुटी क्षेत्रमा मोदीले भ्रमण गरे । मोदीको यो भ्रमण कुटी, नावी र गुञ्जि लगायत कालापनी र लिपुलेक क्षेत्र भारतकै हो भन्ने सन्देश दिन खोजको विश्लेषण भइरहेको छ ।
नेपालको सम्प्रभुता भएको भूमि हड्पेको भारत अहिले स्वयम प्रधामन्त्री नै सीमा क्षेत्रमा पुगेर नागरिकको मन जित्ने रणनीतिमा पुगेको देखिन्छ । नक्सामा भूमि दावी गर्दै नागरिकलाई उल्लु बनाई रहेका नेपाली नेतृत्व सीमा क्षेत्रवारे अञ्जान छन । अन्देखा गरिँदा विना अनुमति छिमेकीको भूमिमा प्रवेश गरेर जनताको जय जयकार ग्रहण गर्दै भारतीय प्रधानमन्त्री मोदी फर्किएका छन । आफ्नो भूमिमा छिमेकी मुलुकको प्रधानमन्त्री विना जानकारी आएर नागरिक भेटेर मन्दिर दर्शन गरेर जाँदा समेत सत्तामा रहेकाहरु रमिता बनेकाछन् । पुजापाठ र धर्म दर्शनकको नाममा भूमि र राष्ट्रियतामाथि प्रश्न उठ्दा समेत नेतृत्व गम्भिर छैन ।
अहिले २३ जिल्लाका ७१ स्थानमा भारतले नेपाली भूमी अतिक्रमण गरेको छ । सिमाका जानकारहरु नेपाली नेताको नाडी छामेर भारतले भूमि मिचेको दाबी गर्छन् । चुच्चे नक्सा जारी गरेर भारत पुग्दा नक्साको विषयमा न, उचारण गर्न नसक्नेहरुको पाइन जाचेरै मोदीले नेपालको भूमिमा पाईला टेकेको विज्ञहरु बताउँछन् । राष्ट्र र राष्ट्रियताको मायाले सीमाका संरक्षक बनेका नागरिकको वेवास्ताको शिकार मुलुकले भूमि नै दाउ लगाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
प्रतिक्रिया