Breaking

प्रचण्ड–देउवा भर्सेस ओली– शेखर फाईनल भिडन्त,कोशीमा सांसद किनवेचको खेल ! को बन्ला मुख्यमन्त्री ?


काठमाडाअ‍ैँ — सरकार फेर बदलको गोलचक्करमा फसेको कोशीले शुक्रबार साझ सम्म पनि नयाँ मुख्यमन्त्री पाएन । प्रदेश प्रमुखले भौतिक रुपमा स–शरिर उपस्थित एमाले र कांग्रेसका केही सांसदहरुको टाउको गन्न आनाकानी गर्दा कोशी मुख्यमन्त्री विहीन भएको हो । शुक्रबार साँझ पाँच बजेसम्म सरकार गठनका लागि तोकिएको समयसम्म दुई जना को दावी पेश भएको छ । सत्ता गठबन्धनको सर्मथनमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङबोले ४७ सांसदसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

यस्तै कांग्रेस नै विभाजित पार्नेगरि शेखर पक्षका केदार कार्कीले पनि एमालेको फेरो समात्दै ४८ सांसदसहित मुख्यमन्त्रीमा दावी गरेकाछन् । दिनभर कांग्रेसको हाईकमाण्ड कार्कीको दावी फिर्ता गराउने भगिरथ प्रयासमा थियो । तर बुढानिलकण्ठ देखि शितल विनाससम्म कसैको जोर जलेन । कार्की ४७ सांसद नै लिएर प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । तर सांसदहरुको हस्ताक्षर बाझिएपछि अलमलमा परेका प्रदेश प्रमुख परशुुराम खापुङले मुख्यमन्त्री नियुक्तिको निर्णय शनिबार दिउँसो २ बजेसम्म टुङगो लगाउने निश्कर्ष निकालेका छन् । शनिबार प्रदेश प्रमुखले सांसदरुको टाउको गनेरै मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

संविधानको धारा १६८ (५) अनुसार कुनैपनि सांसदले बहुमत जुटाउन सके मुख्यमन्त्रीमा नियुक्त गर्न सकिने व्यवस्था छ । तर कांग्रेसले दिनभर सांसदको स्वतन्त्रतामा हस्तक्षेप गर्न भरपूर प्रयास ग¥यो । यो धाराअनुसार सरकार गठन गर्दा दलको ह्वीप अर्थात उर्दि लाग्दैन तर कांग्रेसले भने सांसदहरुलाई कारवाहीकै चेतावनीसम्म दिएको छ । बुुधबार बिहानै काँग्रेस कोशी प्रदेशको कार्यसम्पादन समिति बैठक बस्यो । बैठकले कार्कीलाई दावी फिर्ता लिन दवाव दियो ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुुर देउवाले टेलिफोनबाटै दवाव दिए । हुँदाहुँदा राष्ट्रपति रामचन्द्र पौडेलले पनि पदिय दायीत्व भुल्दै कार्कीलाई दावी फिर्ता लिन दवाव दिएका थिए । यसअघि कोशीको नेतृत्वमै दावी गर्ने बताईरहेको राप्रपा पनि सरकार गठनको क्रममा भने रमिते बन्यो । कांग्रेस सभापति देउवाले दिउँसो ३ बजे कार्यसम्पादन समिति बैठक बोलाएपनि शेखरले बहिष्कार उता एमाले पनि दिनभर कांग्रेसको रमिता हेरेरै बस्यो । शेखर कांग्रेसको निर्णयमै फर्किन्छन् कि भन्ने डरमै एमाले रह्यो ।

एमालेले कोशीमा काँग्रेसको एक तप्का बोक्नुको तात्पर्य भने कोशीमा मध्यावधि रोक्नुलाई कारण देखाईरहेको छ । यता देउवा र प्रचण्ड शेखर फकाउन लागिरहदा पनि नमान्दा गोर्खा पुगेका कांग्रेस महामन्त्री गगन थापाले भने कांग्रेस एमाले र माओवादीको पुच्छर बन्नलाई होडबाजी भएको भन्दै असन्तुष्टि जनाएका थिए । शुक्रवारनैै कोशीले नयाँ मुख्यमन्त्री पाउने अपेक्षा गरेपनि प्रदेशले आलटाल गर्दा सफल भएन । अब देउवाबिरुद्ध निर्णायक रुपमा एकल लडाईं लडेका शेखर आफ्नो चटानी अडानमा रहन्छन् कि रात रहे अग्राख पलाउँछ भने जस्तो भोलि सम्ममा देउवा कित्तामै फर्किन्छन त्यो हेर्न बाँकी छ । यद्यपी रातभरमा सांसद किनबेचन हुने विगतको नजिर हेर्दा कोशीमा के होला भन्ने अहिलेनै अड्कल काट्न मुस्किल छ ।