Breaking

हमास सकाउदै इजरायल,११ लाखलाई घर छोड्न उर्दी,हमासले पनि दियो धमास


काठमाडौँ —इजरायल र हमासबीच जारी युद्ध थप चर्किने देखिएको छ । इजरायलले ११ लाख गाजाबासीलाइ २४ घन्टा भित्र बाहिर निस्कन उर्दि जारी गरेपछि संकट झन चुलिने देखिएको हो । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरबारविहीन भएका छन् । गत शनिबार बिहानै अप्रत्याशित रुपमा हमासले इजरायलमाथि एकै पटक ५ हजार रकेट हमला गरेर आक्रमण गरेपछि रक्तपात मच्चिएको छ ।

हमासको हमलाले उत्पन्न विषम परिस्थितिका कारण लाखौं मानिस विचलित भएकाछन् । इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रमण जारी राखेको छ । एकाएक जल, जमिन र आकाशबाट इजरायलमाथि वर्षिएको हमाले पनि घुँडा टेकेको छैन । यद्यपी इजरायलका सामु कमजोर मानिने हमास पछि नहटेपछि इजरायलले पनि रफादवा गर्ने गरी आक्रमण सुरु गरेको छ । इजरायली सरकार युद्ध रोक्ने मनस्थितिमा छैन ।

लातको भुत बातले नमानेपछि हमास विरुद्ध इजरायल निर्मम रुपमा प्रस्ुतत हँुदैछ । इजरायलले ११ लाख गाजाबासीलाइ २४ घन्टा भित्र बाहिर निस्कन उर्दि जारी गरेको छ । यदी आफनो आग्रहलाई अटेर गरे मृत्युका लागि तयार हुन चेतावनी दिएको छ । इजरायलको सो चेतावनी पछि संयुक्त राष्ट्रसंघले यो विषयलाई गम्भीर रुपमा लिएको छ । राष्ट्रसंघले स्थिती थप भयाबह हुन नदिन इजरायलले युद्ध रोक्नु पर्ने भनेको छ ।

यसैबीच शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले बिहीबार तेल अभिभको भ्रमण गरेका छन् । भ्रमणमा रहेका विदेशमन्त्री ब्लिन्केनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पत्रकार सम्मेलन गर्दै इजरायललाई सहयोग गर्न अमेरिका सधैँ तयार रहेको बताएका छन् । ब्लिन्केनले आफू कठिन समयमा इजरायल आएको र मारिएका परिवारको तस्बिरहरू हेर्न आफूलाई गाह्रो भएको भनेकाछन् । ब्लिन्केनले इजरायली नागरिकहरूको साहसको बारेमा पनि धारणा राखेकाछन् ।

उनले भने मैले इजरायललाई यो सन्देश ल्याएको छु कि तपाईँ आफ्नो रक्षा गर्न धेरै बलियो हुनुहुनेछ तर जबसम्म अमेरिका छ, तपाईंले त्यसो गर्नुपर्दैन । ब्लिन्केनले भने शान्ति र न्याय चाहने जो कोहीले हमासको आतङ्ककारी शासनको निन्दा गर्नुपर्छ । हमासको एजेन्डा इजरायललाई ध्वस्त पार्नु र यहूदीहरूलाई मार्नु हो । यद्यपी, उनले प्रत्येक राष्ट्रका नागरिकले हानिबाट बच्न सावधानी अपनाउनु पर्ने जिकिर गरेकाछन् ।

उनले हमासको आक्रमणमा २५ अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् । यसैबीच हमासको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ । इजरायलले हमासले सबै बन्धकहरूलाई मुक्त नगरेसम्म प्रतिबन्धहरू हटाउन नसक्ने बताएको छ । हमासले कम्तिमा १५० जनालाई अपहरण गरी गाजामा लगेको छ । अहिले सम्म १४ सय बढिको मृत्यु भएको अनुमान गरिएको छ।