विदेश

विश्वमा युद्ध चर्किएपछि अमेरिकाका हतियार व्यापारी मालामाल, बाइडेन तनावमा, रुसलाई सकाउने रणनीति विफल


काठमाडौँ — विश्वको शक्तिशाली राष्ट्र अमेरिका पछिल्लो समय युक्रेन र रुसको युद्धमा रुसलाई सकाउने रणनिति अपनाई रहेको छ । तर रुस युक्रेन युद्धको झल्को दिने गरी शनिवार एकाएक इजरायल र प्यालेस्टाईनी विद्रोही समुह हमासबीच युद्ध चर्किएपछि अमेरिका थप दबाबमा परेको छ । रुस युक्रेन युद्धमा रुसलाई सकाउने रणनिति अपनाएको अमेरिकाको योजना सफल हुन नपाउदै यता इजरायल र हमासबीचको युद्ध सुरु भयो ।

यी दुईबीचको युद्ध सुरु भएसंगै अन्तराष्ट्र राजनितीमा धेरै देशसंग द्वन्द्व मच्चिएपछि अमेरिका अहिले दबाबमा छ । विश्वभर सहयोगको नाममा हतियार बेच्न रणनिती अपनाएको अमेरिका विस्तारै चेपुवामा पर्ने संकेत देखिन थालेको छ । अमेरिकाले लामो समय देखी युद्धरत युक्रेनलाई सुरुवाती समयदेखिनै सहयोग गरिहेको छ ।

जो बाइडेन प्रशासन र यूएस कांग्रेसले युक्रेनलाई ७५ बिलियन डलर भन्दा बढी सहयोग गरेको छ् । जसमा मानवीय, आर्थिक र सैन्य सहयोग समावेश छ । रुस–युक्रेन युद्धका कारण अहिले अमेरिकाको हतियार बजारले युरोप, जापान र दक्षिण कोरियामा गरी खरबौँ डलर कमाउन सफल भएको छ । यसले युक्रेनमाथि रुसी आक्रमण एउटा स्वाधीन राष्ट्रको सार्वभौमिक अखण्डताको हननका रूपमा होइन, अमेरिकी साम्राज्यवाद विरुद्ध हो भन्ने जनमत पनि देखिंदै आएको छ ।

रुस र युक्रेनबीच चलिरहेको युद्ध अझै लामो समयसम्म चल्ने संभावना देखिंदै गएको छ । यो युद्धमा रुसले आफ्नो जितलाई जति सहज देखेको थियो यथार्थमा यो अत्यन्त कठिन एवं भयावह हुँदै गएको छ । रुसले सुरु गरेको यो युद्ध प्रारम्भमा आक्रामक अवस्थामा थियो भने अहिले आएर यो रक्षात्मक अवस्थामा परिणत हुँदै गएको छ । सोभियत संघको विघटन र शीतयुद्धको अन्त्यपछि विश्व पुनः एकध्रुवीय भएको थियो ।

यसका बावजुद पनि विशेष गरेर एसिया आर्थिक क्षेत्रमा पहिले भन्दा बढी सशक्त रूपमा अगाडि देखिन थाल्यो । चीन, इण्डोनेसिया, भारत र दक्षिण कोरिया जस्ता देशहरू नयाँ शक्तिका रूपमा देखा पर्न थालेका छन् । यो अमेरिकालाई चुनौती हो । युक्रेनलाई मात्रै आफ्नो हतियारहरु दिदै आएको अमेरिका पछिल्लो पटक इजरायल र प्यालेस्टाइनी बिद्रोह समुह हमासबिचको युद्धको इजरायलको पक्षमा उभिएको छ । अमेरिकाले इरायललाई खुलेरै सहयोग गरेको छ । इजरायललाई चाहिने हतियार अमेरिकाले नचाहादा नचाहिंदै पनि सहयोग गर्न बाध्य छ ।

अन्य मुलुकमा द्धन्द्ध चर्किदा व्यापारीक दृष्टिले अमेरिकालाई फाईदा भईरहेको छ । जानकारहरुका अनुसार कमजोर देशलाई केही सहयोग गरेको जस्तो देखाएर अमेरिका युद्धरत देशहरुमा धमाधम हतियार बेचिरहेको छ । एक हिसावले अमेरिकाले केही सदासहायता देखाएपनि बाँकी व्यापारीक दृष्टिनै हो । युक्रेनलाई अमेरिकाको भरपुर सहयोग भएपनि यो लडाईमा जसले जिते पनि रणनीतिक रुपमा अमेरिकाको हार हो ।

उसले सहयोग गरेको युक्रेनले नत रुसलाई परास्त गर्न सकेको छ । न पछि हटेर घुँडा टेक्ननै । फगत अमेरिकाको इसारामा रुससंग वार लडीरहेको युक्रेन अहिले झनझन थिलथिलो भएको छ । अमेरिकाले अरुलाई लडाएर फाइदा लिदा युक्रेन र इजरायल युद्धको भुङग्रोमा छन् ।